सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने ओलीका चार सूत्र

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने ओलीका चार सूत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन चार सूत्रमाथि जोड दिएका छन् । उनले आफूले दिएका चार सूत्र अपनाइए संक्रमणकालीन न्यायको टुंगो लाग्ने जनाए । काठमाडौँमा बिहीबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चार सूत्रका आधारमा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

‘अन्तर्राष्ट्रिय रूपमा विश्व समुदायलाई मान्य हुने एउटा । दोस्रो हाम्रो सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा । तेस्रो दण्डहीनता भयो होइन, दण्डहीनताको अन्त्य गरिएको छ भन्ने गरी चौथो पीडितले परिपूरण पाउने गरी’, ओलीको भनाइ छ । तर अहिलेको सरकारले फास्ट ट्र्याकका नाममा पीडितलाई न्याय नदिने गरी कानुन अघि बढाउन खोजेको भन्दै त्यसको विरोध गरिने बताए ।

उनले संसद् जस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढङ्गले छलफल नगरी चल्न खोजे विरोध गर्ने समेत बताए । ओलीले सङ्क्रमणकालीन न्यायलाई ठगी खाने भाँडो नबनाई समस्याको समाधान गर्नुपर्ने र पीडितले न्याय पाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.