राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीका मन्त्रीहरूले राजीनामा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका हुन्।

शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष पार्टीका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा पत्र बुझाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री राजीनामा दिएका हुन्।

 शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.