एमालेको उम्मेदवार नै राष्ट्रपति हुने कुरामा शंका नगर्न सन्चारकर्मीहरुलाई आग्रह

एमालेको उम्मेदवार नै राष्ट्रपति हुने कुरामा शंका नगर्न सन्चारकर्मीहरुलाई आग्रह

बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहमति अनुसार नै एमालेको उम्मेदवार नै राष्ट्रपतिमा निर्बाचित हुनेमा आफु ढुक्क भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ओलीले राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ नदिने कुरा कल्पना भन्दा बाहिरको भएको बताएका छन् । राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको उनको भनाइ छ । प्रधानमन्त्रि प्रचण्ड नै यस कुरामा सहमत भइसकेका हुनाले शंका गर्नु पर्ने कुनै करै छैन् ।
‘राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कल्पना नै नगर्नुस’ ओलीले भने, ‘सबै कुरा प्रधानमन्त्रि हुदा नै पहिलै टुंगो लागि सकेको छ । राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।’
राष्ट्रपति निर्वाचनमा यसअघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने उनले बताए । अध्यक्ष ओलीले को उम्मेदवार हुने र बनाउने भन्ने विषय १३ गते थाहा हुने बताएका छन् ।
सन्चारकर्मीहरुको एक अर्को प्रश्नमा राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको बताएका छन् । २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै उनले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उनले बताए । ‘ज्ञानेन्द्र शाह आफैं अलमलमा हुनुहुन्छ । त्यस्तो प्रस्तावको कुनै अर्थ छैन,’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.