सीएनआई कोसी एक्स्पो–२०७९ लाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन

अनुषा थापा क्षेत्री, विराटनगर । सीएनआई कोसी एक्स्पो–२०७९ लाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ ।
नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा भोली बिहीबार देखि ऐतिहाँसिक सीएनआई कोसी एक्स्पो–२०७९ सुरु हुँदैछ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटनका लागि तयारी पुरा भएको छ ।
भव्य समारोहका बीच एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । एक्स्पो स्थलमा राखिएका करीव चार सय स्टलहरुमा उद्योगी व्यवसायीहरुले आफ्ना उत्पादनको प्रवद्र्धन र विक्री वितरणको तयारी गरिरहेका छन् ।
उद्घाटनलाई भव्यता प्रदान गर्न प्रमुख सल्लाहकार महेश जाजुले विशेष कार्यक्रम तयार पारिएको बताएका छन् । उनले उद्घाटनलाई अविस्मरणिय बनाउन कुनैपनि कसर बाँकी नराख्ने बताए । उद्घाटनमा बटुकहरुद्वारा स्वस्तिक बाचनदेखि शान्तिका दुतका रुपमा १३ वटा परेवा र बेलुन उडाउने सम्मका कार्यक्रम राखिएका छन् । आयोजक समितिका सवै पदाधिकारीहरुले अनिवार्य रुपमा दौरा सुरुवाल लगाएर कार्यक्रममा उपस्थिति जनाउने छन् ।
उद्घाटन अघि अपरान्ह १२ बजे विराटनगरको ट्राफिक चोकबाट सवै जातजातीको परम्परा र साँस्कृतिक पहिचान झल््िकने पोषाकमा झाँकी सहितको ¥याली पनि निकालिने एक्स्पोका संयोजक राजेन्द्र राठीले बताए ।
महिलाको समुहले पञ्चेबाजा बजाएर झाँकीको सूरुवात गरिने जनाइएको छ । झाँकीमा नेपाल पुलिसको ब्याण्डसहित थारु, झाँगड लगायतका जातजातीको समुह सहभागी हुने सीएनआई प्रदेश १ अध्यक्ष भीम घिमिरेले बताए ।
पाँच औद्योगिक क्षेत्रको सहभागिता
विराटनगरमा पाँच औद्योगिक क्षेत्रको उत्पादन एकिकृत प्रदर्शनी गरिने भएको छ । नेपाल उद्योग परिसंघले माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना गर्ने कोशी एक्स्पोमा देशका पाँच औद्योगिक करिडोरका उत्पादन प्रदर्शनीस्थलमा राखिने भएको हो ।
विराटनगरमा आयोजना हुने एक्स्पोमा सुनसरी–मोरङ करिडोर, बीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी औद्योगिक क्षेत्रका उत्पादकहरुले आफ्नो उत्पादन प्रदर्शनी गर्ने भएका हुन् ।
Leave a Reply