विराटनगरको विराट एक्स्पो लगत्तै विराटचौकमा कोसीहरैँचा एक्स्पो

विराटनगरको विराट एक्स्पो लगत्तै विराटचौकमा कोसीहरैँचा एक्स्पो

अबिजल विष्ट,

विराटगर ।  विराट एक्स्पो नसकिदै मोरङकै विराटचौकमा कोसीहरैंचा एक्स्पोको तयारी शुरु भएको छ।
कोसीहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा कृर्षी पर्यटन उधोग र व्यापार,आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ आगामी २१ गतेबाट सुरु हुने भएको हो। कृषि मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पशुपक्षी विकास मन्त्रालय, क्षेत्रीय पशुसेवा निर्देशनालय, जिविस मोरङ र कोशी हरैचा नगरपालिकाको सह आयोजना रहेको प्रदर्शनीमा देश भरिका कृषि तथा उद्योग बाट उत्पादित सामान राखिने भएको छ।

         विराट मेला पश्चात देशभरमा उत्पादन भएका विभिन्न प्रकारका कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको बिक्रि वितरण र प्रबद्र्धन गर्ने उदेश्य रहेको आयोजकले बताएको छ। २ सय भन्दा बढि स्टल रहने सो प्रदर्शनीमा अटोमोबाइल्स तथा कृषि उत्पादनका विबिध कुराहरु राखिने बताइएको छ। १ लाख ५० हजार दर्शकहरुको अवलोकन हुने अनुमान गरिएको प्रदर्शनीमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुति रहने बताइएको छ। फाल्गुन २१ बाट २९ सम्म चल्ने प्रदर्शनीको प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्ड रहेका छन्।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *