श्रीमान र श्रीमतिको पाइलट पेशाबाट मृत्य, बिराटनगरकी चेली अन्जुको निधनले चाँदनीचोक शोकमग्न,

श्रीमान र श्रीमतिको पाइलट पेशाबाट मृत्य, बिराटनगरकी चेली अन्जुको निधनले चाँदनीचोक शोकमग्न,

अनुषा थापा, बिराटनगर । पोखरामा आइतबार भएको यति एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएकी पाइलट अञ्जु खतिवडा विराटनगर महानगरपालिका–५ चाँदनी चोक निवासी गोबिन्द खतिवडाको छोरी हुन् । ।

आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान सेती खोँचमा खसेर दुर्घटनाग्रस्त भएको हो । सो सवारमा चालक दलका सदस्य मध्येकी को पाईलट थिईन अन्जु खतिवडा ।
दुर्घटना भएको विमानमा परिचालिका सृजना होंगचुन र ओसिन आलेमगर थिए। विमान वरिष्ठ क्याप्टेन कमल केसी र खतिवडा मिलेर उडाएका थिए ।

६८ जना यात्रु बोकेर पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ विमान अवतरण हुनै लाग्दा दुर्घटना भएको थियो, जसमा को–पाइलट खतिवडाको पनि मृत्य भएको छ ।
बिराटनगर चाँदकी चोक शोकमग्न
२०३५ सालमा जन्मेकी खतिवडाको माइतीघर बिराटनगर चाँदनी चोक पश्चिम तर्फको टोल अहिले शोकमग्न छ ।
उनले दिएको जानकारी अनुसार उनले १६ वर्षअघि विमान दुर्घटनामै श्रीमान गुमाएकी थिइन् ।
२०६३ साल असार ७ गते नेपालगन्जबाट सुर्खेत हुँदै जुम्ला जाँदै गरेको एयरक्राफ्ट ९ एनएइक्यू–सी विमान उडेको २६ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो ।

त्यो दुर्घटनामा ६ यात्रु सहित पाइलट किरण मल्ल, का–पाइलट पोखरेल र क्याबिन क्रु–दीपक शेरचनको मृत्यु भएको थियो ।
को–पाइलट श्रीमान्को मृत्यु भएपछि अञ्जु पाइलट पढ्न अमेरिका गइन ।
विराटनगरमै एसएलसीसम्म पढेकी उनी त्यसपछि प्लस टु पढ्न भारत गएकी थिइन् । श्रीमान्को मृत्युको करिब चार वर्षपछि उनी अमेरिकाबाट पाइलट कोर्स पूरा गरेर नेपाल फर्किएकी थिइन ।
नेपाल आएपछि यति एयरलाइन्समा नै आबद्ध भएकी थिइन्। अञ्जु एक वर्षपहिले मात्रै क्याप्टेन बनेकी थिइन ।
अञ्जु र दीपककी २२ वर्षकी छोरी छिन । पाइलट भइसकेपछि उनले काठमाडौंका सुवास केसीसँग दोस्रो विवाह गरेकी थिइन । दोस्रो श्रीमान केसी पट्टिबाट सात वर्र्षीय छोरा रहेको ती आफन्तले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.