संखुवासभाका अग्रज पत्रकार गंगा विष्ट शंखरत्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत

संखुवासभाका अग्रज पत्रकार गंगा विष्ट शंखरत्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत

संखुवासभा । संखुवासभाका अग्रज पत्रकार गंगा विष्ट शंखरत्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

त्रिरत्न सञ्चार गृह प्रालिले स्थापना गरेको शंखरत्न पत्रकारिता पुरस्कार यस बर्ष अग्रज पत्रकार विष्टलाई प्रदान गरिएको हो । पत्रकार विष्टलाई   ११ औं साधारसभाको अवसरमा नगद ११ हजार १११ रुपैयाँ र प्रमाण पत्र सहित पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीले जानकारी बताए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको ११ औं साधारणसभाको अवसरमा शंखरत्न पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार तथा रेडियो साँग्रिलाका निर्देशक गंगा विष्ट पुरस्कृत भएका छन् ।

विष्ट पत्रकार महासंघ संखुवासभाका संस्थापक सदस्य समेत हुन् । उनी लामो समय नेपाल टेलिभिजनको संवाददाता  भएर काम गरेका थिए । विष्ट जिल्ल्लाका रेडियो स्थापनामा पनि योगदान छ । शंखरत्न पत्रकारिता पुरस्कार यसै बर्ष स्थापना गरिएको हो । संखुवासभामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक लाख ११ हजार १११ रुपैयाँको कोष स्थापना गरिएको संस्थापक त्रिरत्नका अध्यक्ष जेनी शाक्यले बताइन् ।

उक्त रकमको ब्याजबाट प्रत्येक बर्ष एक जना सक्रिय पत्रकारलाई ११ हजार १११ रुपैयाँको दरले नगद र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष शाक्यले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.