विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।
पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् ।
पाँच पटकको च्याम्पियन ब्राजिल फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको अन्तिम १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोलले पराजित गर्दै ब्राजिलले अन्तिम आठमा स्थान पक्का गरेको हो।
सहज जित हात पारेको ब्रालिलले पहिलो हाफमै चार गोल गरेको थियो। ब्राजिलका लागि भिनिसियस जुनियरले खेलको सातौं मिनेटमै गोल गर्न सफल भएका थिए।
१३ औं मिनेटमा ब्रालिलले अग्रता दोब्बर पार्यो। अघिल्ला खेल चोटका कारण गुमाएपछि मैदान फर्किएका नेइमारले पेनाल्टीमार्फत ब्राजिलका लागि दोस्रो गोल गरेका थिए।
रिचार्लिसनले ब्राजिलका लागि तेस्रो गोल गर्न सफल भए। उनले २९ मिनेटमा ब्राजिलका लागि तेस्रो गोल गर्दा एसियन टिम कोरिया पहिलो आधा घन्टा बित्न नपाउँदै ३-० गोलले पछि पारेको थियो।
पहिलो हाफमै चार गोल खाएपछि कोरियाले दोस्रो हाफमा खेलमा सुधार ल्यायो। ७६ मिनेटमा पार्क सेन्होले गोल गर्दा कोरियाका लागि सान्त्वना मिलेको थियो।
जित निकालेसँगै अब अन्तिम आठमा ब्राजिल र क्रोएसियाबीच खेल हुने भएको छ।
क्रोएसियाले आजै भएको खेलमा जापानलाई हराएर अन्तिम आठमा स्थान बनायो। निर्धारित र थप गरिएको खेल १-१ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा क्रोएसिया ३-१ ले विजयी भयो।
Leave a Reply