काठमाडौको सिको बिराटनगर महानगरपालिकाको फुटपाथ नियन्त्रण प्रयास अटेर गर्ने व्यापारीका सामान जफथ गर्न नसक्ने ब्यापारीको भनाई

काठमाडौको सिको बिराटनगर महानगरपालिकाको फुटपाथ नियन्त्रण प्रयास अटेर गर्ने व्यापारीका सामान जफथ गर्न नसक्ने ब्यापारीको भनाई

बिनोद बिष्ट, विराटनगर । काठमाडौ महानगरपालिकाको सिको सिकेर फुटपाथ पसल हटाउनु र नियन्त्रण गर्ने प्रयास गर्नु महानगरपालिकाको लागि घातक भएको ब्यापारीहरु बताएका छन् ।
विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको प्रयास ठिक भए पनि सधै भोट ब्यांक रहेको सो क्षेत्रका गरिखानेलाई हटाउन नसक्ने ब्यापारीहरुले बताए ।
हिजो भोट माग्न आउदा उचित ब्यबस्थापन गरेर मात्र हटाउने भन्ने अनि आज तर्साउन खोज्ने मेयर लगायतको टिम नै बिफल हुने तर्क राख्छन् बिराटनगरका रैथाने पसलबालाहरु ।
महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुरु गरेको छ तर त्यो दिर्घकालिन होइन् । जहाबाट शुरु गरेपनि निरन्तरता दिन नसक्ने र उल्टै झमेलामा महानगरपालिका झमेलामा फस्ने देखिन्छ ।
महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरेको हो ।
सुचना दिदै महानगरपालिकाले बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका जानकारीमुलक सन्देश सार्वजनिक गरेको थियो । व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो । पसलको सटरभन्दा बाहिर नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो । पसलबाहिर राखेका किरानाका सामान, टेलिभिजन, फ्रिज, माला, प्लाष्टिकका कुर्सीलगायतका सामान हटाएको छ । अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ । “विराटनगरलाई साँच्चिकै महानगरजस्तो बनाउन कुनै कसर बाँकी राख्दैनौं,” मेयर नागेश कोइरालाले भने, “हामीले दुई–दुईपटक सार्वजनिक रुपमै सूचना प्रकाशित गरेका थियौं । विराटनगरलाई सुन्दर बनाउनु व्यापारीहरुको पनि कर्तव्य हो । उहाँहरुलाई महानगरले जारी गरेको सूचना कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दछु ।”
यात्रुलाई हिंड्न सहज होस् र बजारको सौन्दर्यतामा वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन सुरु गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।  नगर प्रहरी निरीक्षक पौडेलकाअनुसार पहिलोपटकका लागि महानगर प्रहरी आफैंले सामान भित्र राख्न सघाउने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रण गरिनेछ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *