गुल्मी–२ मा शालिन ब्यक्तित्व गोकर्ण बिष्टको बिजय, झाक्रीको पराजय

गुल्मी–२ मा शालिन ब्यक्तित्व गोकर्ण बिष्टको बिजय, झाक्रीको पराजय

बिराटनगर, मंसिर । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् ।
उनले गठबन्धन तर्फबाट उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन् । झाँक्री २ हजार ३५ मतले पराजित भएकी हुन् । विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे भने झाँक्रीले २६ हजार ४ सय ४२ मत पाइन् ।
साथै नेकपा एमालेका गोकर्ण बिष्टलाई निकटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले बधाई दिएकी छन् ।
बिष्टलाई ‘दाजु अग्रज’को सम्बोधन गर्दै उनले बुधबार अपरान्ह फेसबुक सन्देश मार्फत भनेकी छन् ‘गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा रहनेछु ।’
नेतृ झाँक्रीले निर्वाचनमा सहभागी हुँदा समाज अध्ययन गर्न सजिलो भएको बताएकी छन् । ‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो । ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी,’ उनले भनेकी छन् , ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पींधसम्म पुगेर हेर्ने, बुझ्ने र जान्ने मौका पाएँ ।’
पछिल्लो साढे दुई दशकमा नेपाली समाजमा भएको अराजनीतीकरण लोकतन्त्रको लागि गम्भीर र डरलाग्दो रहेको उनले बताएकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.