मतदाता भन्छन्–‘अरुलाई ३० वर्ष हेरियो, यसपटक स्थानीय ऋषिकेशलाई जिताउँछौँ’

मतदाता भन्छन्–‘अरुलाई ३० वर्ष हेरियो, यसपटक स्थानीय ऋषिकेशलाई जिताउँछौँ’

विराटनगर । आगामी मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखेरलले चुनावी अभियानलाई अझ व्यापक पारेका छन् ।
उनी यतिबेला सो क्षेत्रका २९ वटै वडाका मतदाताको घर–घर पुगेर मत मागिरहेका छन् । २०७० सालमा संविधानसभा सदस्य हुँदा थालेका अधुरा कामह? पूरा गर्न र आफ्नो समाजलाई बदल्नका लागि एकपटक मत दिएर परीक्षा लिन पोखरेल मतदातालाई आग्रह गरिरहेका छन् ।
शालिन, भद्र र नम्र स्वभावका पोखरेल आफ्ना स्पष्ट योजना र चुनावी एजेण्डासहित मतदाताको बिचमा पुगेर मत माग्दै चुनावी अभियानलाई तिब्र पारेका हुन् । जनताको पीर मर्का र कठिनाइमा सकेसम्मको साथ दिँदै आएका पोखरेल घरदैलोमा पुग्दा मतदाता निकै उत्साहीत देखिएका छन् ।
आफ्ना जनप्रतिनिधि स्थानीयसमस्याबारे जानकार नहुँदाको कठिनाइबारे महसुस भएकाले यसपटक निरन्तर जनताको बिचमा र जनसम्पर्कमा रहने पोखरेललाई मत दिएर जिताउने पक्षमा आफूह? रहेको स्थानीय बल्ली सहनीले बताए । ‘यहाँबाट ३० वर्षदेखि लगातार कांग्रेसले जितेर गएको छ । बाहिरका मान्छे उम्मेदवार भएर आउने, जित्ने र ठगेर जाने काममात्र भयो । हामीले देखिसकियो उनले भने,बाहिरका नेताबाट आश गर्नु बेकार रहेछ । यत्रो वर्ष अ?लाई हेरियो, अब स्थानीयलाई एकपटक परीक्षा गरेर हेछौँ ।’
सहनीले कांग्रेसकी उम्मेदवार सुजाता कोइराला पाहुना उम्मेदवार भएका कारण समाजप्रति जवाफदेही नहुने बताए । ‘यहाँबाट जहिल्यै बाबुनै बाबुले जिते । हिजो पनि एउटा बाबुले जितेर जानुभयो, अहिलेसम्म अत्तोपत्तो छैन ।’ उनले भने,‘यहाँकै मान्छे भए कम्तिमा सोध्न त सकिन्छ । त्यसैले यसपटक पाहुना होइन, गाउँकै छोरो ऋषिकेशले जित्नुपर्छ ।’314752656_1776855389358849_8139861651335153532_n
जनताको घरदैलोमा पुगेर मत माग्दा उम्मेदवार पोखरेललाई मतदाताले आफ्नै घर आगनको व्यक्ति भएकाले र स्थानीय समस्या बुझ्ने हुँदा मत दिएर जिताउने बताएका छन् ।  उम्मेदवार पोखरेल जहिल्यै खोज्दा भेट्न सकिने र आफ्नो पहुँचको नेता भएकाले यसपटक कांग्रेसकै कट्टर समर्थकह? पनि पोखरेललाई मत दिने पक्षमा पुगेका छन् । ‘हाम्रो सवै परिवार कांग्रेस हो । तर, के गर्नु सुजाताले हामीलाई चिन्नुहुन्न ।’ कांग्रेसका एक क्रियाशील सदस्यले भने,‘ब? ऋषिले जहिल्यै हालखबर त सोध्नुहुन्छ । पार्टी भनेर हुँदैन, त्यसैले यसपटक उहाँलाई हाम्रो परिवारको भोट ।’
प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी कोइराला एमालेका पोखरेलसँग प्रतिष्पर्धा गर्दैछिन् । नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट चुनाव जितेर पटक–पटक प्रधानमन्त्री बनेपनि सुजाता पहिलोपटक भोट माग्दै गाउँघरमा देखिन थालेकी हुन् । नेपाल सरकारको उपप्रधानमन्त्री र मन्त्री हुँदासमेत सो क्षेत्रका लागि कुनै काम नगरेको र सो क्षेत्रमा उनको कुनै योगदान नरहेको आरोप उनलाई स्थानीयले लगाएका छन् ।
स्थानीय भूगोलबारेसमेत अनभिज्ञ रहेकी कोइराला आफ्ना पिता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नामबाट चोकचोकमा आयोजित चुनावी सभामा मत माग्दै हिँडीरहेकी छन् ।
कोइराला कहिले तरकारी जोखेको ‘चटक’ देखाउँदै मतदाता आकर्षित गर्ने असफल प्रयासमा लागेको देखिन्छ भने कहिले आफ्नै पिताका कारण २ नम्बर क्षेत्रको कायापलट भएको दावी गर्दै हिँडिरहेको स्थानीयले बताएका छन् ।
कोइराला आफ्ना पिता स्वर्गीय नेता ‘गिरिजा प्रसाद’ को छोरी हुँ भन्नेबाहेक सो क्षेत्रको विकासका लागि कुनै योजना नदेखिएको स्थानीय आरोप लगाउँछन् । ‘उहाँ गिरिजा बाबुको डम्फु मात्रै बजाएर हिँडिरहनु भएको छ । यहाँको गाउँठाउँको समस्याबारे थाहा हुँदा पो योजना बनाउने हो ।’ स्थानीय सतानु सिंह भन्छन्,‘खाली गिरिजाबाबु भनेको छ, भोट माग्दै हिँडेको छ त्यत्ति हो । कुनै भिजन छैन । यो ठाउँ गिरिजाबाबुकै कारण अहिलेसम्म पछाडी परेको हो ।’
कोइरालाले चुनावीसभाह?मा आफू देशकै प्रभावशाली महिला नेतृ भएको दावी गर्दै महिलाह?को मत आफूतिर तान्ने प्रयास गरिरहेको देखिन्छ । ‘महिला भएकाले सवै महिलाले भोट दिनुपर्छ उहाँले भन्नुहुन्छ । तर, उहाँलाई हामी गाउँका महिलाको समस्या के थाहा ?’ स्थानीय मञ्जु शर्मा भन्छिन्,‘उपप्रधानमन्त्री हुँदा यहाँका महिलाका लागि केही गरेको एउटा पनि काम छ र ? अनि हामीले किन भोट दिने ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.