जनतासँग हातेमालो गर्ने प्रतिनिधि छान्न मतदातालाई बस्नेतको आग्रह

जनतासँग हातेमालो गर्ने प्रतिनिधि छान्न मतदातालाई बस्नेतको आग्रह

विराटनग । मोरङ क्षेत्र नं ६ (२) का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले जनताका बीचमा बसी उनीहरूसँगै हातेमालो गरेर काम गर्ने जनप्रतिनिधि छान्न मतदातालाई आग्रह गरेका छन् ।
समाचकेवा उत्सवका अवसरमा अप्पन विराटगढ समाजले आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले आउँदो आमनिर्वाचनमा आफ्नो गाउँ ठाउँमा बसेर सुखदुःखमा साथ दिने जनप्रतिनिधि छान्न आग्रह गरेका हुन् । उनले नेकपा (एमाले)ले देशको विकासको स्पष्ट खाका कोरेको भन्दै एमालेको नीति तथा नेतृत्वमा सरकार बनाउन सहयोग गर्न अपिल गरे ।
उनले देशमा अधिकारको लागि सबैभन्दा बढी संघर्ष गरेको पार्टी एमाले भएको बताउँदै उनले महिलाको हक अधिकार एमालेले मात्र स्थापित गराउँने बताए । उनले भने ‘अहिलेसम्म अमेरिकाले त महिला राष्ट्रपति बनाउन सकेको छैन्, नेपालमा एमालेले महिलालाई राष्ट्रपति बनायो ।
यसबाट एमाले समानता र अधिकारका लागि कति प्रतिबद्ध छ भन्ने स्पष्ट हुन्छ ।’ समृद्धि, पारदर्शिता, राजनीतिक स्थायित्वको पक्षमा एमाले भएकाले अहिले एमालेमा जनलहर बढेको बताउँदै बस्नेतले आगामी निर्वाचनमा ढुक्क भएर एमालेलाई मतदान गर्न बस्नेतले अनुरोध गरे । उनले नेपालमा सबैभन्दा उत्तम पार्टी एमाले भएकाले एमालेको सरकार बन्यो भने अधुरा कामह? पूरा गर्ने र नयाँ परियोजनाह? कार्यान्वयन गर्न सजिलो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.