साँगुरीगढी पालिकाका दुई बस्तिलाई ३६ बर्ष पछि लालपूर्जा उपलब्ध

साँगुरीगढी पालिकाका दुई बस्तिलाई ३६ बर्ष पछि लालपूर्जा उपलब्ध

नारायण कुमार राई, धनकुटा । साँगुरीगढी गाउँपालिकाको ओख्रे र तुंखा गाउँका २८ घर परिवारले ३६ बर्ष पछि लालपुर्जा  पाएका छन् ।
२०३३ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपूर्जा पाउनबाट बन्चित भएका थिए ।
नापी कार्यालय धनकुटाले डाँडाबजारमा शनिबार एक लालपुर्जा  हस्तान्तरण कार्यक्रमको आयोजना गरेर उनीहरुलाई लालपूर्जा हस्तान्तरण गरिएको हो ।291947358_788112229211666_8884026789963564764_n
उनीहरुलाई भूमि ब्यबस्था सहकारी तथा गरिवी निवारण मन्त्री सशी क्षेष्ठ ,मन्त्रालयका महाप्रवन्धक प्रकाश जोशी र पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले सयुक्त रुपमा लालपूर्जा बितरण गरेका थिए ।
कार्यक्रममा नापी कार्यालय प्रमुख मिथिलेस यादवले चौबिसे गाउँपालिकाको मुढेवासमा पनि सोही प्रकृतिको लालपूर्जा बितरणको काम अन्तिम तयारीमा रहेको जानकारी दिए ।
लालपूर्जाका लागि पालिकाका निवर्तमान अध्यक्ष कुमारजंग याखा र सो क्षेत्रका निर्वतमान अध्यक्ष पलक बहादुर बस्नेतले शुरु गरेको काम सफल भएको भन्दै नापी शाखा यादव र पालिका अध्यक्ष राईले उनीहरुको प्रशंसा गरेका थिए ।
कार्यक्रममा संबिधान सभा सदस्य हेमराज भण्डारी, प्रदेश सभासद् कुसुम कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, भूमि सम्बन्धी समस्या समधान आयोग धनकुटाका अध्यक्ष बलबहादुर राई लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.