समाजसेवी गोयल दाजुभाइले मालपोतमा चिसो पानीको मेसिनप्रदान

समाजसेवी गोयल दाजुभाइले मालपोतमा चिसो पानीको मेसिनप्रदान

बिराटनगर । नेपाल अग्रवाल महिला मञ्चले मालपोत कार्यालय मोरङ र मोरङ जिल्ला अदालतमा आउने सेवाग्राहीका लागि चिसो पानीको मेसिन लगाइदिएको छ ।
निर्जला एकादशीको अवसर पारेर यही जेठ २८ गते मञ्चले चिसो पानीको मेसिन जडान गरिदिएको हो ।
विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले मेसिनको उद्घाटन गरे । उक्त मेसिन वरिष्ठ समाजसेवीदाजु भाइ महावीर प्रसाद गोयल र दीनबन्धु गोयलले स्वर्गीय गौरीदेवी गोयलका पुण्य स्मृतिमा प्रदान गरेका हुन् । स्वर्गीय गौरीदेवी महावीरकी धर्मपत्नी हुन् । निर्जला एकादशीका दिनज लदानको विशेष महत्व छ । मञ्चका अध्यक्ष अनिता कलकतियाका अनुसार कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष गोविन्द झुनझुनवाला, अग्रवाल सभा विराटनगरका अध्यक्ष विशाल केडिया र मोरङ बार एसोसिएसनका अध्यक्ष कल्याण केसीको सहभागिता थियो । कार्यक्रममा मञ्चका सचिव वर्तिका खेतानले धन्यवाद ज्ञापन गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.