उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक

उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक

काठमाडौ ।  आगामी बैशाख ३० गते हुने  स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।

दिउँसो ३ बजे बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साझँ ६ बजे सुरु भएको हो । प्रदेशका अध्यक्ष र इन्चार्जसँग अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ लिंदा एमालेको सचिवलालय बैठक बस्ने ढिलाइ भएको छ ।

आजको बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट महानगर र उपमहानगरका उम्मेदवार चयन गर्नेछ ।

महानगर र उपमहानगरका एमाले उम्मेदवार छनोट गर्ने बैठकका मुख्य एजेण्डा रहेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिनु भयो ।

हालसम्म ललितपुर, भरतपुर र वीरगन्जबाट एक-एक जनाको नाम मात्रै प्रदेश कमिटीले केन्द्रमा पठाएको एमाले प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ । पोखरा, काठमाडौ र विराटनगरबाट उम्मेदवारमा सिफारिस भएका नामहरूबाट टुंगो लगाउने एमालेको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.