जमरकटेल समुदायबाट अग्रज जेष्ठ नागरीकहरुलाई सम्मान

जमरकटेल समुदायबाट अग्रज जेष्ठ नागरीकहरुलाई सम्मान

विराटनगर । नयाँ बर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकटेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ८० बर्षभन्दा माथिका छ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
विराटनगर–८ का कमलप्रसाद, बुद्धिमाता र निरकुमारी, इटहरी–४ का धर्मानन्द, कानेपोखरी–३ की धनकुमारी र नारायण प्रसाद कटेललाई सम्मान गरिएको हो । कार्यक्रममा समाजसेवी राजु जमरकटेलले उनीहरुलाई फुलमाला र दोसल्ला लगाई सम्मानपत्र प्रदान गरे । अग्रजहरुले पुर्याएको योगदानको मूल्यांकन गर्दै नयाँ बर्षको अवसर पारेर सम्मान गरिएको जमरकटेल वंश एकता प्रतिष्ठानका महासचिव थिरप्रसाद जमरकटेलले जानकारी दिए ।
कार्यक्रममा सहभागिहरुले एक आपसमा नयाँ बर्षको शुभकामना आदानप्रदान गरेका थिए । जमरकटेल वंश एकता प्रतिष्ठानले प्रकाशन गरेको २०७९ सालको भित्तेपात्रो पनि सोही अवसरमा सार्वजनिक गरिएको छ ।
जमरकटेल वंश एकता प्रतिष्ठानको अक्षयकोष बृद्धि र मन्दिर निर्माणमा सहयोग गर्नेहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । जमरकटेलहरुको पुर्खौली स्थान सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ माझगाउँमा शिव मन्दिर निर्माण गर्न सर्वाधिक १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्ने विराटनगर निवासी राजु जमरकटेल र उनकी धर्मपत्नी विमलालाई सम्मान गरिएको छ । मन्दिर निर्माणमा सहयोग गर्ने अन्य दाताहरुलाई पनि कदरपत्र प्रदान गरिएको छ ।
यता, अक्षयकोष बृद्धिका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँने ग्रामथान गाउँपालिका–८ तेतरियाकी तुलसादेवी जमरकटेललाई पनि सोही अवसरमा सम्मान गरिएको जमरकटेल वंश एकता प्रतिष्ठानका सल्लाहकार कुमारमणी जम्मरकटेलले जानकारी दिए । कार्यक्रममा अक्षयकोष बृद्धिका लागि ऐच्छिक सहयोग गर्न प्रतिष्ठानका कोषाध्यक्ष दिव्यराज जमरकटेलले आव्हान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.