स्थानीय तह निर्वाचन- निर्वाचन आयोगमा उम्मेदवारी मनोनयनको कार्यतालिका पेश

काठमाडौं । निर्वाचन आयोगले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका तयार पारेको छ ।

आयोगको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने उमेदवारले वैशाख ११ र १२ गते मनोनय गर्नुपर्ने हुन्छ । उमेदवारी दर्ताका लागि ११ गते बिहान १० बजेदेखि १२ गते साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार सोही दिनको साँझ ६ बजे मनोनय दर्ता भएको उमेदवराको सूची प्रकाशन गर्नेछ । उमेदारको विरोधमा वैशाख १३ गते ५ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।

१५ गते बेलुकी ५ बजेसम्म मनोनयको उजुरी उपर छानबिन गर्ने कार्यतालिकामा उल्लेख छ । सोही दिन साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।

१७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।

untitled-1

 

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *