होमियोप्याथिक चिकित्सा प्रणालीको प्रयोग बढ्दै

होमियोप्याथिक चिकित्सा प्रणालीको प्रयोग बढ्दै

होमियोप्याथिक चिकित्सा के हो र यसको सुरुवात कसरी भयो विषमा केन्द्रित रहेर डा. चन्द्र कुमार रायसँग गरिएको कुराकानीबाट एन्जु शिवाकोटीले तयार पारेको एक रिपोर्टः
जर्मनमा होमियोेप्याथिक चिकित्सा पद्घतिका जन्मदाता क्रिस्चियन फ्राड्डरिक स्यामयुल हेनिमेले मेडिसिनको एमडी डिग्री १७७९मा प्राप्त गरेपछि एलोप्याथिक चिकित्सकको रुपमा काम गरे ।
डा. हेनिमेले कुलेर मेटिरिया मेडिकामा सिनकोना नामक मलेरियाको औषधीको आफैमाथि प्रयोग गरे । सिनकोना औषधीको सेवन गरेपछि कलेरिया रोगको लक्ष्ँण देखा पर्न थाल्यो त्यसपछि उनी रोगीलाई जुन रोग लागेको हो त्यो रोगलाई निको पार्न समान लक्षण उत्पन्न गर्ने औषधीको सेवन गराई रोग निको पार्न सक्ने निष्कर्षमा पुगे । त्यहीदेखि होमियोप्याथिक चिकित्सा सुरु भएको हो ।
होमियो चिकित्सा पद्घति भन्नाले वैकल्पिक अ‍ैषधिको व्यवस्था हो भनेर बुझन सकिन्छ । जुन समानताको सिद्घान्तमा आधारित छ । होमियोप्याथिक चिकित्सामा प्रयोग हुने पदार्थलाई स्वस्थ मानिसको शरीरमा पार्ने प्रभावको परीक्षण प्रक्रियाबाट प्रयोगमा आएको हो ।
होमियोप्याथिक चिकित्सा प्रणाली सरल, सुरक्षित, प्राकृतिक हुनुको साथै सस्तो भएकाले नेपभल जस्तो गरिव मुलुकमा प्रभावकारी हुन सक्छ ।
होमियोप्याथि चिकित्सा प्रति जानकारी नहँदा एलोप्याथिक चिकित्सा जस्तो नेपालमा प्रयोगमा आउन सकेको छैन । तर पछिल्लो समय यता होमियोप्याथि चिकित्सा प्रति पनि मानिसहरुको झुकाब बढ्न थालेको छ । प्राय लामोसमयदेखि एलोप्याथिक चिकित्साबाट निको नभएका विरामीहरु होमियोप्याथि चिकित्सा लिन आउने गरेको पाइन्छ ।

होमियोप्याथिक उपचार पद्दती अनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हुने गर्छ । होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पूरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ ।यसको प्रभावकारी उपचारका कारण हरेक वर्ष होमियोप्याथी उपचार गर्ने बिरामीको संख्या उल्लेख्य रुपमा बढेको देखिन्छ ।

होमियोप्याथिक चिकित्सा प्रणालीको विकासका लागि होमियोप्याथिक शिक्षण अस्पतालको विकास हुनु अत्यावश्यक छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *