प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको गाडी दुर्घटना

प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको गाडी दुर्घटना

सप्तरी । प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार गाडी बुधबार साँझ दुर्घटनामा परेको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ जोलहनिया पुलनजिकै उनी सवार ज१ झ ४०६ नम्बरको गाडी पल्टिएको हो।  गाडीमा मन्त्रीसहित चारजना सवार थिए।

छिन्नमस्ता गाउँपालिकाकै बरही वीरपुर जाने क्रममा गाडी पल्टिएको कर्णका स्वकीय सचिव ध्रुवकुमार मण्डलले जानकारी दिए। उनका अनुसार दुर्घटनामा मन्त्री कर्णको छाती र हातमा चोट लागेको छ। उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको छ। त्यसैगरी, स्वकीय सचिव मण्डलको पनि हातमा चोट लागेको छ भने गाडीमा सवार जयप्रकाश चौधरी र प्रथम राम पनि समान्य घाइते भएका छन्।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *