अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गरिने

अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गरिने

विराटनगर । : मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिएको प्रमाणसहित आए ठगी मुद्दाअन्तर्गत् कारबाही गरिने भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अतिरिक्त शुल्क लिएको प्रमाणसहित सम्बन्धित व्यक्ति उपस्थित भए ठगी मुद्धाअन्तर्गत् कारबाही गरिने  जानकारी दिए ।

उनले भने, ‘अतिरिक्त शुल्क लिन मिल्दैन। गृह मन्त्रालयले पनि हामीलाई अतिरिक्त शुल्क सन्दर्भमा पत्राचार गरेको छ। कानुन विपरीत शुल्क लिन पाइदैन। ’ कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आजै मणीपाललाई अतिरिक्त शुल्क नलिन भन्दै पत्राचार गरिने बताए । उनले भने, ‘आजै मणीपाल मेडिकल कलेजलाई पत्र पठाउँछौं। आवश्यक कारबाही हुन्छ। ‘

मोरङमा नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ भने मणीपाल मेडिकल कलेजले अतिरिक्त शुल्क बुझाउन पटकपटक ‘टर्चर’ दिँदै आएको छ ।

मेडिकल कलेजहरुले अतिरlक्त शुल्क लिएको विषय बाहिर आएपछि गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई पत्र पठाउँदै कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई गृहले पत्र पठाएर निर्देशन दिएको हो। सो पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई पनि बोद्धार्थ गृहले दिएको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *