न्यानो बनाउने बहानामा घरको सफाई

न्यानो बनाउने बहानामा घरको सफाई

एन्जु शिवाकोटी, विराटनगर । जाडो महिना सुरु भएपछि चिसो छेक्न न्यानो कपडाको बन्दोबस्तो गर्ने गरिन्छ । तर गरिब परिवारका लागि जाडो न गर्मि सधै त्रास हुने गर्छ अब के गर्ने भनेर । न्यानो कपडा किन्न सक्ने अवस्था नहुँदा चिसोमा कठ्याङरिएर बस्नु बाहेक अन्य उपाय हुँदैन । विराटनगरमा कतिपय परिवारहरु यस्तो पनि छ, जोसँग न्यानो कपडा किन्न सक्ने सामर्थ छैन ।
जसका कारण जाडोमा कठ्याङरिएर बस्नु पर्ने बाध्यता छ ।
विराटनगर महानगरपालिकामा यस्ता व्यक्तिहरु जसले गरिब परिवारको त्यो पिडालाई बुझेर न्यानो कपडा वितरण गरिरहेका छन् । संघ सस्थाहरु पनि अहिले निकै सक्रिय देखिन्छन् । जसले गरिब परिवारलाई सके नयाँ कपडा नसके पुराना न्यानो कपडा दिने गर्छन् ।
यहाँ अर्का थरीका मानिसहरु पनि बस्छन् । जसले कसैको बाध्यताको फाइदा उठाउन मात्र जानेका छन् । केही दिन यता चिसो बढेसँगै न्यानो कपडा वितरणका लागि पुराना कपडा संकलन गर्ने कार्यहरु विराटनगरका थुप्रै स्थानमा हुन थालेका छन् । यही कपडा संकलनको वहानामा सडकको किनारमा घरमा भएका कपडा जुन प्रयोग गर्न नमिल्ने छन् फ्याल्नु पर्ने अवस्थाका छन्, त्यस्ता कपडाहरु सडकका पेटीहरुमा थुपारिदिने गर्छन् । कसैलाई न्यानो बनाउने बहानामा घरको सफाई भइरहेको देख्दा मानवताको धजी उडाएकोे जस्तो भान हुन्छ । आफ्नो हैसियतले भ्याउछ भने सहयोग गरैं सकिदैन भनी कसैको बाध्यताको धजी उडाउदै घरको सफाई बन्द गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.