विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्न र सडक सुशासन कायम गर्ने उद्देश्यका साथ आज पुस ४ गतेबाट प्रदेश १ का २४ जिल्लामा एकसात ट्राफिक सप्ताह २०७८सुरु भएको छ । ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले ट्राफिक नियमको पालना गर्नु भनेको अरूको लागि नभएर आफ्नै लागि भएको  बताउनु भयो ।उहाँले भन्नुभयो, ‘पहिला आफू सचेत भएरमात्र अरूलाई सचेत गराउन सकिन्छ, आफू सचेत नहुने अनि अरूलाई भनेरमात्र केही हुन सक्दैन, त्यसैले पहिला आफू–आफू सचेत हुन जरुरी छ ।’

प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले दुर्घटना न्यूनीकरणका लागि खर्च गरिएको बजेट अन्य क्षेत्रमा खर्च गर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो,‘दुर्घटना न्यूनीकरण गर्नका लागि बजेट खर्च भइरहेको छ, तर सबै सचेत भएको अवस्थामा यस क्षेत्रमा बजेट खर्च गर्न पर्दैन, यस क्षेत्रमा खर्च भएको बजेट अर्को क्षेत्रमा सदुपयोग गर्न सकिन्छ ।’
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सुरु भएको यस कार्यक्रममा प्रत्येक जिल्लामा रहेका विभिन्न सामाजिक संघ संस्था, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवस्था कार्यालय मेची, निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज, वुद्धिजीवी सहभागी रहेछन् ।8b2dac42-1a95-4710-966f-634863aea953
कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतमा रहेका युनिटले प्रमुख चौकहरुमा ५ ÷५ जना विद्यार्थी, २÷२ जना स्काउट स्वयमसेवक तथा २÷२ जना ट्राफिक प्रहरी बसेर सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने र उनीहरलाई सम्झाई बुझाई गर्ने, स्थानीय तह, सरोकारबाला निकाय, संघ संस्थासंग समन्वय तथा सहकार्य गरी प्रमुख लोकमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अब्यवस्थित पार्किङअस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री,निर्माण सामग्री हटाइने छ ।
स्मूल तथा कलेजका वसको समेत अनुगमन, भाडाका सवारीको अनुगमन तथा कागजात,सवारीको अवस्था,गति, पोशाकको प्रयोग, क्षमता तथा ओभरट्याक सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिने छ । ट्राफिक नियम उल्लङ्गन गर्ने चालक र सवारीलाई कानूनी कारवाहरी गर्दै गल्ती नदोहो¥याउन सुझाव दिइने छ । सार्वजनिक यात्रुवसमा सवारी साधनहरुमा डस्विन , ज्येष्ठ नागरिक, महिला तथा अशत्तताभएकाहरुलाई आरक्षित सिटको प्रयोग भए नभएको समेत ट्राफिक सप्ताह अवधिभरि हेर्ने कार्यक्रम रहेको छ ।