ढुवानी सेवा केन्द्रका मालवाहक गाडीले बाटो अवरुद्ध

ढुवानी सेवा केन्द्रका मालवाहक गाडीले बाटो अवरुद्ध

एन्जु शिवाकोटी, विराटनगर । बाटोमा लामबद्ध रुपमा रहेको ट्रक तथा मालवाहक गाडीहरु पार्क गरेर राखिएको छ । कुनै गाडीमा सामान लोड गरिदै छ त कुनै गाडीबाट सामान अनलोड गरिदैछ । कुनै सामानले भरिएका गाडी हिन्ने तरखरमा छन् त कुनै आउदै छन् । बाटोमा अन्य सवारी साधनहरु बाटो सागुरो भएकाले विस्तारै कुदाउदै छन् । यो दृश्य प्रायजसो विराटनगर स्थित सातघुम्तिको बाटोमा देख्न सकिन्छ ।
सातघुम्तिमा रहेका ढुवानी सेवा केन्द्रहरुका मालवाहक गाडीहरु प्राय बाटोमा नै राखेर सामान लोड अनलोड गरिरहेका हुन्छन् । ढुवानी सेवाकेन्द्रको पार्किङ्ग व्यवस्था छैन । जसले गरेर गाडी जाम हुने गर्छ । जसका कारणले आवात जावत गर्ने सर्वसाधारणहरुलाई मार्का परिरहेको छ ।
सातघुम्तिीमा ११ वटा ढुवानी सेवा केन्द्र रहेका छन् । यी ११ वटा ढुवानी स्वा केन्द्रले नेपालका विभिन्न क्षेत्रहरुमा सामान ढुवानी गर्ने गर्दछन् । ढुङ्गा वालुवा, खाद्ययानका सामान देखि लिएर अन्य दैनिक रुपमा आवश्यक पर्ने सामाग्रीहरु ढुवानी गर्ने गरेको गजुरमुखी ढुवानी सेवा केन्द्रका सञ्चालकले जानकारी दिएका छन् ।80892712_577990542992890_6922189956215472128_n
यी ढुवानी सेवाका मालवाहक गाडीहरुले बाटो अवरुद्ध गर्ने गरेको भएता पनि यस विषयमा ट्राफिक प्रहरी पनि मौन देखिन्छ भने अन्य सम्बन्धित निकायहरु पनि चुप देखिन्छन् । जसको प्रत्यक्ष असर सर्वसाधारणहरुलाई परिरहेको छ ।
सिटी सवारीमा विराटनगर स्थित मुनालपथ देखि सातधुम्तिको बाटो हुँदै कामको बजार हिनेकी रिता रेग्मि गाडी जामले गर्दा दुःख पाइएको बताउनु हुन्छ । ‘मेरो सानो होडल छ जसले गर्दा बजार सधैँ जानु पर्छ यसरी गाडी जाम हुँदा किनमेल गरी फर्केर होटल खोल्न ठिलो हुन्छ ।’
रोकेर राखिएका मालवाहक गाडीले बाटो सागुरो बनाएका कारण एक सवारी साधनले विपरित दिशाबाट आएको सवारी साधनलाई बाटो दिने ठाँउ हुदैन । जसका कारण सवारी साधनहरुले बाटो खालि हुने समय कुरेर बस्नु पर्ने बाध्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.