स्थानीय तहको लापरवाहीकै कारण बस्ती बिस्थापित हुने डर

स्थानीय तहको लापरवाहीकै कारण बस्ती बिस्थापित हुने डर

एन्जु शिवाकोटी विराटनगर । खोलाको किनारमा टिपर लाम लागेका थिए । किनारका दुवै छेउमा लाम लागेका टिपरमा जेसीबी र स्काभेटरले माटो खनेर भरि रहेका थिए । यो दृश्य दुहवी नगरपालिका वडा नम्बर ७ मा रहेको बुढीखोलाको हो । यो दृश्य आफैमा एक अपाच्य दृश्य बन्दै गएको छ ।
कोशी राजमार्गको दुहबी बजार र नेमुवाको बिचमा रहेको यस बुढिखोलाको पुल देखि करिब दुई किलोमिटर दक्षिणमा एउटा पुल रहेको छ । जुन केही बर्ष अगाडी मात्र बनेको हो ।
त्यही पुल छोएर भइरहेको उत्खननले पुल भत्किने सम्भावना दिन प्रतिदिन बढ्दै गएको छ । हिउँदभरी हुने उत्खननले बर्षामा बाढी जाँदा पुलसँगसगै बस्ती नै बगाउने डर त्यहाँका स्थिानीयहरुलाई लागि रहेको छ । निजी तथा सार्वजनिक जग्गामा भइरहेको मनपरी माटो उत्खनन कार्यले त्यहाँको अवस्था भयविहित हुदै गएको छ ।whatsapp-image-2021-12-02-at-12-00-54-pm
दुहबी वडा ७ मा जोडिएकोे त्यो पुल बुढीगंगा गाँउपालिकाको ३ र ४ नम्बर वडा हुदै कोशी राजमार्गमा निस्कने भएकाले त्यहाँका मानव बस्ती जोखिममा पर्दै गएको छ । पूर्खौ देखि बस्दै आएका स्थानबाट विस्थापित भइने हो की भन्ने डर स्थानीय बासिन्दाको छ ।
पहिला पनि यसै गरि माटो उत्खननको कार्य भएकोथियो जसको परिणाम पूरै बस्ति डुवानमा परेको स्थानियले बताए । स्थानियहरुले यस्सरी लापरवाहि तरिकाले भइरहेको उत्खनन रोक्नको लागि प्रहरी तथा स्थानिय सरकारलाई पटक पटक जानकारी गराउदा समेत उत्खननको कार्य हाल सम्म नरोकिदा स्थानियहरु चिन्चित भएका छन् । कहिलेकाही टिपरलाई प्रहरीले समातने गरे पनि उत्खनन कार्य रोकिन सकेको छैन ।
दुहबी नगरपालिकाले स्थानिएले दिएको जानकारी अनुसार आफूहरुले टिपरलाई नियन्त्रणमा लिएको प्रमुख प्रशासन अधिकृत विनोद न्यौपानेले जनाएको छन् । ‘दुहबीको बुढीखोलामा हुने उत्खनन समस्याको जड भनेको अधिकांश स्थानियहरुको जग्गा खोलामा परेकोले हो ।’ उनले भने,‘ लापरवाहि रुपमा भइरहेको उत्खनन नियन्त्रणको लागि प्रहरीसँग समन्वय गरिरहेका छौं ।
कुनै पनि संरचनाको १ किलोमिटर आसपासमा उत्खनन गर्न नपाइने कानुनि व्यवस्था छ । कानुनको नियमानुसार पानि बगेर आउने क्षेत्रतर्फ ५ सय मिटर र पानी बगेर जाने क्षेत्रतर्फ १ किलोमिटरको आसपासमा उत्खनन गर्न नपाइने व्यवस्था छ ।whatsapp-image-2021-12-02-at-12-00-55-pm-1
निजी जग्गा भएको खण्डमा उत्खनन गर्नको लागि स्थानिय तहलाई निवेदन दिर्नु पर्ने छ । निवेदन पाए पछि स्थानिय तहले त्यहाँको अवस्थालाई अवलोकन गरी सिफारिस दिए पछि मात्र उत्खनन गर्न पाउने व्यवस्था रहेको छ । तर यहाँको अवस्था हेर्दा स्थानियहरुले नै लापरवाही रुपमा उत्खनन गरेको पाइन्छ । हालसम्म निजि जग्गाबाट उत्खनन गर्नको लागि एक जना पनि स्थानियले निवेदन दिएका छैनन ।
गिटि, बालुवा, माटो उत्खननका लागि स्थानिय व्यक्तिले नै ठेक्का लिएर उत्खनन गर्ने गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले बताए । ‘हामिहरुले दिने भनेको सुरक्षा हो । यसरी भइरहेको लापरवाही उत्खननको जिम्मेवार स्थानिय आफै रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.