३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ

३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ

विराटनगर । ३३ लिटर रक्तचन्दनको तेलसहित बिहिबार १० जना काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले तीलगंगाबाट १० जनालाई पक्राउ गरेको हो ।
खोटाङ हलेसी –९ घर भई हाल चाबहिल बस्ने २० बर्षीय जीवन थापा, खोटाङ हलेसी –६ भई हाल महाराजगञ्ज बस्ने २३ बषीर्य घनश्याम आलेमगर, तनहँु भानु नगरपालिका भई हाल सामाखुसी बस्ने २५ बषीय सुदीप भट्टराई सहित १० जन रहेका छन् ।
रक्तचन्दनको तेल कसरी के मा प्रयोग हुन्छ र यो कहाँबाट काठमाडौं ल्याइयो भन्नेबारे अनुसन्धान भइरहेको महाशाखा प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।
महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार प्रतिलिटर पाँचलाखका दरले ग्राहकसँग डिल गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।
साभारः सेतोपाटी

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *