सिटि रिक्सा दुर्घटनाको हटस्पोर्ट बन्दै विराटनगर

सिटि रिक्सा दुर्घटनाको हटस्पोर्ट बन्दै विराटनगर

एन्जु सिवाकोटी, विराटनगर । वर्तमान समयमा सिटि रिक्साको उपयोग बढ्दै गएको छ । छोटो दुरीको यात्रा गर्न सर्वसाधारणले निकै रुचाउने गरेको पाइन्छ । जसको प्रभाव विराटनगरमा पनि परेको छ ।
सिटि रिक्साले छोटो दुरीका यात्रुहरुलाई सुविधा दिने गरेको छ । सिटि रिक्साबाट यात्र गर्नु सुविधा प्रदान गरेतापनि केही समय यता विराटनगरमा सिटि रिक्सा दुर्घटना बढ्दै गएको छ । जिल्ला ट्राफिक कार्यालय मोरङ्गको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष यता पैँसठ्ठीवटा सिटि रिक्सा दुर्घटना भएको पाइन्छ । उक्त तथ्याङ्क अनुसार सन्ताउन्न वटा सिटि रिक्सा दुर्घटना भएको पाइन्छ । सिटि रिक्सा दुर्घटनामा पुरुष सोह्र जना, महिला दुई जना, बालक एक जना गरी उन्नाइस जनाको मुत्यु भएको पाइन्छ ।
सिटि रिक्सा चालकले ट्राफिक नियमको जानकारी नराखी जथाभावी रुपमा सवारी चलाउने गर्छन् । नेपाल सरकार यातायात व्यवस्थापन विभागले सिटी रिक्सा चालकहरुले अनिवाय रुपमा सवारी लाइसेन्न लिएर मात्र चलाउन पाउने व्यवस्था गरेको छ । तर विराटनगरका अधिकांश सिटी रिक्सा चालकको लाइसेन्न छैन । साथै उमेर नपुगेका चालकहरुले सवारी चलाउने गरेका छन् । जसका कारण दिनप्रतिदिन दुर्घटना बढ्दै गएको छ ।
विराटनगरका अधिकांश सिटि रिक्साको हेडलाइट तथा इन्डिकेटर छैन जसका कारण पनि दुर्घटना बढ्दो छ ।
गत कात्तिक महिनामा मात्र चार सय नौं वटा सवारी कारवाहिमा परेका छने भने चालुआर्थिक बर्ष यता चौधसय त्रिपन्न वटा सवारी कारवाहिमा परेका छन् ।
चालुआर्थिक बर्ष यता आठ लाख सताइस हजार पाँच सय राजस्व संकलन भएको छ । हाल विराटनगरमा कति सिटि रिक्साहरु छन् भन्ने कुराको ठोस तथ्याङ्क सम्बन्धित कुनैपनि सरकारी निकायसँग छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.