विराट मेला उद्घाटन

विराट मेला उद्घाटन

विराटनगर। उर्जामन्त्री जनार्दन शर्माले आज विराट एक्स्पो २०७३ को उद्घाटन गर्नुभएको छ ।

उद्योग संगठन मोरङद्वारा विराटनगर ३ स्थित शंकरपुर मार्गमा आयोजित मेलाको आज मन्त्री शर्माले उद्घाटन गर्नुभएको हो। प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन हुने आयोजकको तयारी रहेको थियो। प्रधानमन्त्री कार्यक्रममा उपस्थित हुन असमर्थ भएपछि प्रदर्शनीको उद्घाटन उर्जामन्त्री शर्माले गर्नुभएको हो।कार्यक्रममा मन्त्री शर्माले औद्योगिक क्षेत्रले लोडसेडिङका कारण भोग्नुपरेको समस्या दृष्टिगत गरेको भन्दै लोडसेडिङ अन्त्य गर्ने दिशामा तिव्र रुपमा कार्य भइरहेको जानकारी दिनुभयो।

प्रदर्शनीमा जुम्लाका कृषि उत्पादनहरु, हावाबाट चल्ने विद्युतिय उपकरणहरु, हेलिसिटी टुर, माउन्टेन उडान, वाल उद्यान, रोजगारी मेला आदी आकर्षणहरु रहेका छन्। प्रदर्शनीमा जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्रीहरु, घरयासी सामाग्रीहरु, गार्मेन्ट, खाद्य पदार्थ लगायतका वस्तुहरु राखिएको छ। करिव ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरि २ सय ५४ स्टल रहेका छन् । बन्दका कारण पहिलो दिन उपस्थिती अपेक्षित नभए पनि भोलीदेखि दर्शकहरुको संख्या बढ्ने आयोजकको भनाइ छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *