संशोधन असफल भएपनि स्वीकार्ने प्रतिवद्धता आए संसद खोल्ने : एमाले

संशोधन असफल भएपनि स्वीकार्ने प्रतिवद्धता आए संसद खोल्ने : एमाले

काठमाडौं  । संविधान संशोधन असफल भएपनि सत्तापक्षले स्वीकारे संसद खोल्न दिने एमालेको प्रश्नको जवाफ दिन नसक्दा बुधबारको संसद बैठक स्थगित भएको छ।

 संविधान संशोधन प्रस्ताव असफल भए स्वीकार्ने वा नस्वीकार्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यब्यवस्था समितिको बैठकमा राखेको प्रश्नको जवाफ सत्तापक्षले दिन नसक्दा बुधवारको संसद बैठक पनि सूचना टाँस गरेर स्थगित भएको हो । संविधान संशोधन प्रस्ताव असफल भए त्यसलाई मधेसी मोर्चासहितको सत्तापक्षले स्वीकार गर्ने प्रतिवद्धता ब्यक्त गरे संशोधनमाथिको छलफल अघि बढ्न दिने सर्त एमालेले राखेको थियो ।

सत्तापक्षले संशोधन प्रस्तावमाथिको छलफल अघि बढाउन एमालेलाई आग्रह गर्दै आएको छ । गत पुस २४ गते प्रतिपक्षी नौ दलको विरोधका वावजुद सरकारले संशोधन प्रस्ताव टेबुल गरेको थियो । संविधान संशोधन प्रस्ताव फेल भए पनि त्यसलाई स्वीकार गरेर चुनावमा जान सत्ता समर्थक मधेसी मोर्चासहित सत्तापक्षको प्रतिवद्धता आए छलफल अघि बढ्न दिने एमाले सहितका दलले बुधवार प्रस्ताव गरेका हुन् ।

एमालेको सो प्रस्तावको सत्तापक्षले जवाफ दिन नसकेपछि संसद सुचारु गर्नेवारे सहमति हुन सकेन । भोलि बस्ने कार्यब्यवस्था परामर्श समितिको बैठकमा त्यसवारे जवाफ लिएर आउने कांग्रेस र माओवादीले वताएपछि बुधवारको संसद बैठक सूचना टाँसेर स्थगित भएको हो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *