उद्योगी राठीले परोपकार भवनलाई दिए १ थान जेनेरेटर

उद्योगी राठीले परोपकार भवनलाई दिए १ थान जेनेरेटर

बिराटनगर । उद्योगी चम्पालाल राठीले विराटनगरको परोकपकार भवनलाई जेनेरेटर दिएका छन् ।
राठीले ३० केभिएको ८ लाख मूल्यको जेनेरेटर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीमार्फत् परोपकार भवनलाई प्रदान गरेका हुन् ।
राठीले ज्याक्सन कम्पनीको उक्त जेनेरेटरको साँचो मेयर पराजुलीलाई हस्तान्तरण गरे । समारोहमा मेयर पराजुलीले वैदिimg_20210711_174140क विधिले पूजन गरेपछि जेनेरेटरको सञ्चालन गरेर त्यसको उद्घाटनसमेत गरेका थिए ।
‘परोपकार भवन सम्पूर्ण महानगरकै एक अमूल्य सम्पत्ति हो । यसको सबै मिलेर संरक्षण र संवर्धन गर्नुपर्छ ।’ राठीले परोपकार एउटा बहुउद्देश्यीय संस्था भएको उल्लेख गर्दै साहित्यिक, शैक्षिक, सामाजिक, आर्थिक लगायतका हर क्षेत्रमा यसको योगदान रहेको बताए । ‘यस भवनमा एक दिन म एउटा भव्य कार्यक्रममा थिएँ, त्यही बेला अचानक बिजुलीको लाइन गयो’, उनले भने, ‘त्यस बेला उपस्थित सबै जना गर्मीले असिनपसिन भए । मैले तत्क्षण यस भवनलाई एक जेनेरेटरको खाँचो रहेछ, म दिन्छु भन्ने सङ्कल्प गरेँ ।’
परोकपकार भवनका अध्यक्ष बाबुराम न्यौपानेले राठीले गरेको सहयोग परोपकारमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो सहयोग भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.