गोल्डेन अस्पतालमा पत्रकारलाई नि:शुल्क उपचार

गोल्डेन अस्पतालमा पत्रकारलाई नि:शुल्क उपचार

विराटनगर । गोल्डेन अस्पतालले पत्रकारलाई नि:शुल्क उपचार गर्ने भएको छ।
मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालले आºनो छैंटौं वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेको हो।

अस्पतालले मोरङ जिल्लाका सबै पत्रकारहको उपचार निशुल्क गर्ने बताएको हो। अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियार भन्छन् “ शल्यक्रिया गर्दा चिकित्सकलाइ रकम तिर्नुपर्ने हुन्छ। चिकित्सकलाई तिर्नुपर्ने रकम छाडेर हामी पत्रकारहरुको अधिकांश उपचार निशुल्क गर्नेछौं।” अस्पतालले यस वर्षका उत्कृष्ट कर्मचारीको रुपमा मोहम्मद नाजिमलाई पुरस्कृत गरेको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *