शुक्रबार बेलुका ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

शुक्रबार बेलुका ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

काठमाडौं  ।  राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी छन् । उनले जेठ ७ गते ५ बजेसम्मको समय दिएकी छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विश्वासको मत नलिने तर नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीलाई आह्वान गर्ने निर्णय गरेको थियो ।

पत्र अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले हाल विकसित राजनीतिक परिस्थितिमा सरकारलाई विश्वासको मत प्राप्त हुने आधार नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको भन्दै वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएको निर्णय थियो ।  राष्ट्रपति भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

राष्ट्रपति कार्यालयको पत्रpresident-patra

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.