विराट एक्स्पोको पुर्वतयारीको रुपमा विशाल र्‍याली

विराट एक्स्पोको पुर्वतयारीको रुपमा विशाल र्‍याली

विराटनगर। बिराटनगरमा हुने कृषि तथा औद्योगिक प्रदर्शनीेको तयारीका रुपमा भव्य र्‍याली सम्पन्न गरिएको छ।
बुधबार शुरु हुने प्रदर्शनीलाई लक्षित गर्दै उद्योग संगठनले र्‍यालीको आयोजना गरी नगर परिक्रमा गरेको हो।
विराटनगर ३ स्थित शंकरपुर मार्गबाट शुरु भएको र्‍याली बरगाछी, कञ्चनबारी, राजबंशी चौक, पुष्पलाल चौक, पोखरीया हुँदै पुन: सोही स्थानमा पुगी सम्पन भएको थियो। र्‍यालीमा कृषिमा प्रयोग हुने ट्रयाक्टर, लोडर, सिटी रिक्सा आदि साधनका साथै उद्योगी व्यवसायीहरु आ–आºना सवारी साधनहरु लिएर र्‍यालीमा सहभागि भएका थिए।

                   भोली प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन हुने भनिएको प्रदर्शनीमा चौरी गाई, अष्ट्रिच चरा, उँट, जुम्लाका कृषि उत्पादनहरु, हावाबाट चल्ने विद्युतिय उपकरणहरु, हेलिसिटी टुर, माउन्टेन उडान, वाल उद्यान, रोजगारी मेला आदी आकर्षणहरु रहेका छन्। प्रदर्शनीमा जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्रीहरु, घरयासी सामाग्रीहरु, गार्मेन्ट, खाद्य पदार्थ लगायतका वस्तुहरु राखिने बताइएको छ। करिव ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरि २ सय ५४ स्टल रहने आयोजकले जनाएको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *