सेन्ट मेरिज स्कुलले बिभिन्न बिद्यामा प्रतिभावान बिद्यार्थीहरुलाई पुरस्कार बितरण

सेन्ट मेरिज स्कुलले बिभिन्न बिद्यामा प्रतिभावान बिद्यार्थीहरुलाई पुरस्कार बितरण

बिराटनगर । सेन्ट मेरिज सेकेन्डरी स्कुल बिराटनगरले बिभिन्न बिधामा जेहेन्दार बिद्यार्थीहरुलाई नियमित बार्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रत्येक बर्ष प्रदान गरिने शैक्षिक सत्रको अन्तिम समयमा बिद्यार्थीहरुलाई आन्तरिक प्रतिभालाई प्रोत्साहन गर्न शैक्षिक अध्ययन तथा अतिरिक्त कृयाकलापमा अब्बल हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र, मेडल तथा पुरस्कारले सम्मान गरेको छ । जेनेरल इम्पु्रभमेन्ट, जेनेरल प्रोफिसिनियल र एप्लिकेशन गरी ३ बिधामा प्रतिभा भएका कक्षा ५ देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुलाई बिभिन्न महानुभावहरुले सम्मान गर्नु भएको छ । कक्षामा कमजोर बिद्यार्थीहरुलाई कसरी जान्ने बनाउने र vlcsnap-2021-04-07-15h47m49s560उसले गरेको शैक्षिक प्रगतिलाई समिक्षा गरी पुरस्कृत गर्ने प्रच्चल रहेको बिद्यालय ब्यबस्थापन समितीका एक सदस्यले बताउनु भयो । कक्षा १२ मा अध्ययनरत छात्रा कस्मिका केसीले सेन्ट मेरियन्स पुरस्कार प्राप्त गरेकी छिन् । सिस्टर फरान्सिका प्रास्टोफरको नाम अक्षयकोष खडा गरी बिद्यालयकै टप्परलाई यो पुरस्कार प्रदान गरिने गरिएको छ । बिद्यालयकी शिक्षिका मुनु खडका(महत)ले आफनो श्रीमान स्व. राजन महतको नाम रहेvlcsnap-2021-04-07-15h50m30s309को अक्षयकोष पुरस्कार–बेष्ट बिद्यार्थी अफ ईयरबाट कक्षा ९ मा अध्ययनरत छात्रा सेजल थापालाई पुरस्कृत गर्नु भयो । यसै गरी कक्षा ६ मा अध्ययनरत छात्रा बिशाखा भटटराईलाई डा. राजेश नेपालले आफनी आमा स्व. दुर्गादबि नेपालको नाममा स्थापना गरेको पुरस्कारबाट सम्मानित गरेको छ ।
बिगत १२ बर्ष देखि सन्चालनमा आएको यस सेन्ट मेरिज स्कुलले आफना नानीहरुलाई पढाई सगै अतिरिक्त कृयाकलाप र संस्कारीक ब्यबहारिक शैक्षिक गतिबिधीमा समेत सकृय गरेका अभिभावक कल्याण केसीले बताएका छन् । आफु एडभोकेट भए पनि स्कुलले नानीहरुलाई दिनु पर्नै शिक्षा बिश्वबजारमा सजिलै एडजस हुने शिक्षा प्रदान गरेकोमा खुशी ब्यक्त गरेका छन् । बिभिन्न शिर्षकहरुमा प्रथम, द्धितिय र तृतिय हुने बिद्यार्थीहरुलाई स्कुलकी प्रिन्सिपल सिस्टर मार्लिन सिजेले हौसला दिदै तक्मा, प्रमाण र पुरस्कार प्रदान गर्नु भएको छ । नेपाली कबिता वाचनमा कक्षा ११ र कक्षा १२ बाट प्रथम हुने एन्जेलिका भटटराई, द्धितिय हुने प्रसिद्ध चापागाईं र तृतिय हुने छात्रा ज्ञानु सरदारलाई समेत सिस्टर रुफिलाले सम्मान गर्नु भएको छ ।vlcsnap-2021-04-07-15h50m12s131 यसै गरी अग्रेजी निबन्ध प्रतियोगितामा कक्षा १२ कै प्रथम कस्मिका केसी, द्धितिय कौशिका कोइराला र तृतीय सृष्टि पौडेल भएका छन् भने सोही प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत प्रथम अतिथि कार्की, द्धितिय प्रिन्सा घिमिरे र तृतिय जीया प्रधान भएका छन् । बिद्यालयले शैक्षिक कृयाकलापको बिगत र बर्तमान गतिबिधीलाई बिच बिचमा प्रस्तुती गर्दै अभिभावकहरुलाई कार्यक्रममो उद्धेश्य माथि प्रकास पार्दै कार्यक्रम सन्चालन शिक्षिका सुष्मा लावतीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.