बरिष्ठ उपाध्यक्ष प्याकुरेल अध्यक्षमा मनोनित, एक पदका लागि निर्बाचन सम्पन्न

बरिष्ठ उपाध्यक्ष प्याकुरेल अध्यक्षमा मनोनित, एक पदका लागि निर्बाचन सम्पन्न

बिराटनगर । निबर्तमान कार्यसमितीमा रहेका बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि सर्बसम्मत चुनिएका छन् ।
यस पटक उद्योग सङ्गठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न साधारणसभाले सङ्गठनको नयाँ अध्यक्षमा प्याकुरेललाई चयन गरेको हो ।
राजनैतिक तथा ब्यापारिक घरानाका प्याकुरेल एमएम प्लाष्टिक उद्योगका सञ्चालक हुन् । यसअघि नै अध्यक्षमा दाबी गर्दै आएका उनलाई अर्को पटक जिम्मेवारी दिने भनेर भीम घिमिरे अध्यक्ष भएका थिए । घिमिरे भने यस पटक पनि अध्यक्ष दोहोर्याउने पक्षमा थिए । सके आफै अध्यक्ष बन्ने नसके दोस्रो व्यक्तिलाई ल्याउने प्रयास उनले गर्दा साधारणसभा पनि लम्बिएको थियो ।
सङ्गठनको वरिष्ठ उपाध्यक्षमा चुनाब भएको थियो । जसमा प्रदीपकुमार मुरारकाले २ को अन्तरले ७७ मत प्राप्त गरी निर्वाचित भएका छन् । मुरारकाले प्रतिस्पर्धी राकेश सुरानालाई दुई मत अन्तरले पराजित गरे । निर्वाचनबाट सुरानाले ७५ मत ल्याएका थिए ।
यसै गरी सङ्गठनको विभिन्न विधामा गरी तीन उपाध्यक्षमा भोलेश्वर दुलाल, राजकुमार गोल्छा र नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा विपिन कावरा मनोनित भएका छन् भने कार्यसमितिको सदस्यहरुमा सुनिलकुमार धनावत, पारस लुनिया, इन्द्र (राजन) खत्री, सुवोध कोइराला, शौरभ सारडा, तारानाथ निरौला, सुरेन्द्र गोल्छा र सुदीप घिमिरे अगामी कार्यकालका लागि मनोनित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.