सुनसरी जिल्लाको सिमना जोडिएका स्थानीय निकायहरुका कृषकहरु सधै गहुँको विउमा ठगिन्छन

सुनसरी जिल्लाको सिमना जोडिएका स्थानीय निकायहरुका कृषकहरु सधै गहुँको विउमा ठगिन्छन

प्रतिमा गिरी, सुनसरी । सुनसरीको देवानगन्ज, हरिनगर, बर्जु लगायतका ठाउँमा विउविजन बिक्रि गर्ने व्यापारीले कृषकलाई ठग्ने गरेको पाइएको छ । त्यहाँका व्यापारीले गँहुको विउमा मिसावट गरेर उन्नत जातको विउ भन्दै विक्रि गर्ने गरेको कृषकले गुनासो गरेका छन् । 101स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई उन्नत जातको विउ भन्दै बेच्ने गरेको खुलेको छ । व्यापारीले कृषकबाट सस्तोमा खरीद गरेको गहुँलाई मिसावट गरेर, रङ लगाएर केही भिन्न जस्तो देखाएर महंगोमा बेच्ने गरेका हुन ।
लोकल विउलाई उन्नत जातको विउ भन्दै बिक्रि गरिरहेको स्थानिय कृषक दिलिप यादवले बताए । तौल बढाउन विउमा ढुङ्गा लगायत अन्य बस्तु मिसावट गरेर बिक्रि गरीरएको उनले गुनासो गरेका छन् । सम्बन्धित निमनयले अनुगमनमा चासो नदिदाँ आफुहरु ठगिन बाध्य भएको स्थानीय दिलिप यादबले बताए ।
धान खेतिमा पनि बाढीले क्षति पु¥यायो स्थानिय कृषक अनिल यादवले भने अहिले गहुँको विउमा पनि ठगिनु परेको छ । लोकक विउमा विभिन्न वस्तु मिसावट गरेर उन्नत जातको भन्दै विक्रि गर्दा पनि सम्बन्धित निकाय मौन रहेको उनले बताए । आफैँले सस्तोमा विक्रि गरेर अहिले त्यही गहुँलाई केजीको ७५ रुपैँया तिर्न परेको बिन्देश्वरी यादबले बताए ।
नेपाललाई कृषि प्रदान देश भनेर भनिन्छ । तर हरेक समय यहाँका कृषककले केहिन केही समस्या भोग्न बाध्य छन् । भाषणमा कृषकका हरेक समस्याको समाधान हुनेगरेपनि व्यवहारमा अझै सम्म लागु हुन सकेन । सुनसरीका किसानहरु कहिले उत्पादन बिक्रि गर्न नसकेर समस्यामा पर्ने गरेका छन भने कहिले उत्पादन गरेको वालिनाली बाढीले सखाप पार्ने गरेको छ भने कहिले विउविजनको नाममा ठगिने गरेका छन् । तर अहिले सम्म सम्बन्धित पक्ष मौन देखिन्छ । यसमा सम्बन्धित पक्षले कृषकका समस्या समाधानमा ध्यान दिन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.