कर्मचारीलाई कोरोना संक्रमण भएमा छुट्टै बिदाको व्यवस्था

कर्मचारीलाई कोरोना संक्रमण भएमा छुट्टै बिदाको व्यवस्था

काठमाण्डौ । सरकारले कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशन वा अस्पताल बसाइ अवधिभर छुट्टै बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्ले कोरोना सङ्क्रमण भएर आइसोलेशन वा अस्पताल बसाइ अवधिको बिदा अरु बिदाबाट नकाटिने गरी छुट्टै बिदाको व्यवस्था गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै निकाय तथा कार्यालयहरुलाई परिपत्र गरी कोरोना सङ्क्रमितको हकमा सार्वजनिक बिदा कायम गर्न परिपत्र गरेको छ ।

परिपत्रमा कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशनमा बस्दा बढीमा १४ दिन र अस्पतालमा भर्ना भएको भएमा अस्पतालमा बसेको अवधिभर सार्वजनिक बिदा कायम गर्न भनिएको छ ।

यो व्यवस्था निजी संघसंस्थामा पनि लागू हुने मन्त्रालयले जनाएको छ । यस्तै कार्यालयमा कसैलाई कोरोना सङ्क्रमण भएमा संक्रमण भएका र सरकारी मापदण्ड अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका बाहेक अरुले सेवालाई निरन्तरता दिन मन्त्रालयले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.