अल्टिमेट हिमालयन मोटरल्यान्ड : एक ऐतिहासिक कदम

अल्टिमेट हिमालयन मोटरल्यान्ड : एक ऐतिहासिक कदम

काठमाडौ । खेल र पर्यटनलाई एकैसाथ माथि उठाउन र मोटरस्पोट्र्समा अन्तर्राष्ट्रिय सफलताका लागि धुलिखेलमा निर्मित हिमालयन मोटरल्यान्ड सर्किट सफल हुने विश्वास गरिएको छ । साहसिक खेलको एउटा विधा मोटरर अटो स्पोट्र्स नेपालमा व्यावसायिक सञ्चालन र मूलधारको खेलका रूपमा स्थापित हुन प्रयास भैरहेको छ । महँगो खेल भएका कारण सरकारी र निजी क्षेत्रले यो खेलमा यस अघि लगानीको जोखिम उठाउन सकेका थिएनन् ।
टेलिभिजन फर्मुला वान, टूलगायतका प्रतियोगिता हेरेर यस खेलमा आकर्षित भएका केही खेलाडीलाई समेट्ने गरी नेपाल अटोमोबाइल्स संघ (नासा) ले पहिलो पल्ट मोटरस्पोट्र्सको सर्किट निर्माण गरेको छ ।

यस खेल विधाको सोख भएकाका लागि कम्तिमा मैदान तयार भएको छ । काभ्रेको धुलिखेल बजारदेखि करिव १ किलोमिटर पश्चिममा बिपी राजमार्गको छेवैमा ३५ रोपनीभन्दा बढी क्षेत्रमा सर्किट निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी निर्माण गरिएको नेपालकै पहिलो रेस सर्किट हो । फेडेरेसन इन्टरनेसनल डेल अटोमोबाइल्स (एफआईए) को ग्रासरुट मोटरस्पोट्र्स र क्लब डेभलपमेन्ट कार्यक्रमको आर्थिक सहयोगमा निर्माण भएको यो रेसकोर्सले नेपाली अटो र मोटर स्पोट्र्सको व्यावसायिकीकरण गर्न कोसेढुंगाको भूमिका खेल्ने विश्वास नेपाल अटोमोबाइल्स संघले लिएको छ ।

134557480_936379473559748_144456037136244163_n
साहसिक तथा पर्वतीय खेलहरूको संगठन नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले खेल र पर्यटनलाई एकैसाथ माथि उठाउन र मोटरस्पोट्र्समा अन्तर्राष्ट्रिय सफलताका लागि यो सर्किट सफल हुने विश्वास व्यक्त गरे । ‘साहसिक र पर्यटकीय खेलकुदलाई मुख्य खेल विधाका रूपमा स्थापित गर्न र अन्तर्राष्ट्रिय सफलतासहितको विकास गर्ने दिन अब धेरै टाढा छैन,’ नासाका पूर्व महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य समेत रहेका भट्टराईले भने, ‘नेपाली खेलमा अबको पहिचान साहसिक खेलकुद हो । त्यसमध्ये मोटरस्पोट्र्स मुख्य विधाका रूपमा स्थापित हुने प्रक्रियामा छ ।’
यो सर्किट ३ करोडभन्दा बढीको लगानीमा ४ वर्ष लगाएर निर्माण गरिएको हो । त्यसमध्ये एफआईएले ६० प्रतिशतभन्दा बढी सहयोग गरेको छ । त्यसबाहेक नासाका पदाधिकारी र अन्य शुभचिन्तकबाट संकलन गरिएको रकमबाट निर्माण सम्पन्न भएको हो । एसियाली स्तरमै अटोमोबाइल्स संघले निर्माण गरी सञ्चालनमा ल्याएको यो पहिलो रेस सर्किट हो ।
सर्किटमा ३ सय मिटर पिच गरिएको छ । त्यहाँ अटो जिमखाना, ड्रिफ्टिङ, मोटो जिमखाना, कार्टिङ र स्लालोम कार्टिङलगायतका इभेन्ट सञ्चालन गर्न सकिनेछ । १ हजार मिटरको अफरोड सर्किटमा मोटरक्रस, अटोक्रस, र्यालीक्रस र अफरोड रेसिङका इभेन्ट गर्न मिल्नेछ ।
कान्तिपुर पोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.