विराटनगर । विराटनगर १२ बखरीका विपन्न परिवारका वालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
स्थानिय युवाहरुले श्रोत जुटाएर २ सय वालवालिकालाई न्यानो कपडा वितरण गरेका हुन् । शनिवार विराटनगरको बखरी आधारभुत विद्यालयमा कार्यक्रमको आयोजना गरेर न्यानो कपडा वितरण गरिएको स्थानिय युवा भोला कामतले जानकारी दिए ।
विपन्न परिवारका वालवालिका चिसोका कारण समस्यामा परेका कारण युवाहरुको समुह मिलेर थोरै भएपनि सहयोग गरेको उनले बताए । आगामी दिनमा पनि विपन्न परिवारलाई सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै वडा नं. १२ का वडाअध्यक्ष हिरालाल कामतले युवाहरुको यो कार्य स्वागत योग्य रहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो ।