विराटनगर, २६ असोज । पाँचथर फिदिमका २४ बर्र्षीय शिव तुम्बाहाम्फोको करेन्ट लागेर मृत्यु भएको छ ।  फिदिम घर भएका तुम्बाहाम्फो झापाको बिर्तामोडमा रहेको सानीआमाको घरमा केही दिन अगाडी आएका थिए ।

उनि नजिकै रहेको नालामा माछा मार्न आइतबार साझँ ६ बजे गएका थिए । नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक तुम्बाहाम्फो आफैलाई करेन्ट लाग्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथै उनि संगै माछा मार्न गएका हरी प्रसाद रिमाललाई समेत करेन्ट लागेको छ । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।