सत्तारुढ नेकपा सचिवालय बैठक बस्दै

सत्तारुढ नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।
सतारुढ नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । सचिवालय बैठक दिउँसो तीन बजे बस्ने भएकोछ ।
स्थायी समितिको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको राजीनामा माग गरेपछि विवाद भएको थियो । शुक्रबार ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा स्थायी समिति बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो । आज बस्ने बैठकले केही टुंगो लगाउने आकंलन गर्न सकिन्छ ।

गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा कायमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.