रेडियो र टेलिभिजनबाटै सुरु भयो १० कक्षासम्मको पढाई, यस्तो छ समय तालिका

रेडियो र टेलिभिजनबाटै सुरु भयो १० कक्षासम्मको पढाई, यस्तो छ समय तालिका

काठमाडौं । सरकारले अनलाइन कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई लक्षित गर्दै आजबाट रेडियो र टेलिभिजनबाट समेत पढाउन सुरु गरेको छ । कोरोनाभाइरसका कारण लामो समयदेखि प्रभावित अध्ययन अध्यापनलाई सुचारु गराउन सरकारले वैकल्पिक विधि अपनाएको हो ।

लकडाउन सुरु भएयता विद्यालयहरु सञ्चालनमा आउन सकेको छैनन् । जसले गर्दा विद्यार्थीको अध्ययनमा ठूलो असर परिरहेको छ। त्यसैलाई मध्यनजर गर्दै सरकारले आजदेखि सबै विद्यार्थीलाई समेट्ने गरी रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको हो ।1_5ykd6fait6

शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले १ देखि कक्षा आठसम्मको पढाइ सञ्चालन हुने तालिका सार्वजनिक गरेको छ

विकास केन्द्रका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट पढाइने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कूल एजुकेसन च्यानलबाट प्रसारण हुने उल्लेख छ ।

कक्षा ९ र १० का विद्यार्थीहरुले आवश्यक अध्ययन सामग्री केन्द्रकाे युट्युव च्यानल मार्फत अनुकूलता अनुसार हेर्न समेत सक्नेछन् ।

जेठ २८ गतेदेखि काठमाडौँ महानगरपालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४.६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विभिन्न विषयको कक्षा सञ्चालन भइरहेको छ ।2_knpmvjizqm

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सँगको सहकार्यमा जनता टेलिभिजन, योहो टेलिभिजन, टीभी टुडे लगायतका टेलिभिजनबाट समेत नियमित कक्षाहरु सञ्चालन भइरहेका छन् ।

अनलाइनमा पहुँच हुने विद्यार्थीहरुले शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनलाइन सामग्रीको आधारमा आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्नेछन् ।radio_bgry7ypgid

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.