प्रहरी र सिके राउतका कार्यकताबीच झडप, हतियार खोसियो

प्रहरी र सिके राउतका कार्यकताबीच झडप, हतियार खोसियो

सिके राउतका कार्यकर्ताले शनिबार मर्चवार माध्यमिक विद्यालयमा गर्न लागेको सभा विथोलिएपछि त्यसको विरोधमा आइतबार फेरि प्रहरीको गाडीमाथि आक्रमण भएपछि स्थिति तनावग्रस्त बनेको छ।

झडपका क्रममा सिके राउतका कार्यकर्ताले प्रहरीको हतियार समेत खोसेका छन्। वडुवलिया प्रहरी चौकीमा कार्यकर्ताले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गरेको छ। रुपन्देही प्रहरी प्रवक्ता वेलवहादुर पाण्डेले पाँच राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको जानकारी दिए। कार्यकर्ताले प्रहरीको लङ ब्यारेल गन खोसेर लगेको प्रहरीले जनाएको छ।

घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ। करिव २ सय ५० सुरक्षाकर्मीहरु मर्चवार क्षेत्रमा तैनाथ रहेको प्रहरीले जनाएको छ। शनिबार भएको झडपमा राउतका २१ जना कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको थियो भने ट्रकमा आगजनी भएको थियो। आइतबार भएको झडपमा केही सुरक्षाकर्मीसहित कार्यकर्ताहरु घाइते भएका छन्।

स्थानीयबासीले सिके राउतका कार्यकर्ताको नाममा मर्चवारबासीलाई कुटेको बताउँदै आएका छन्। कतिपयले विरोधमा उत्रिएकाहरु कार्यकर्ता नभइ सर्वसाधारण भएको जनाएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.