कोरोना महामारी नियन्त्रण गर्दै उत्पादन बढाउने बजेटको लक्ष्य : महासचिव पौडेल

कोरोना महामारी नियन्त्रण गर्दै उत्पादन बढाउने बजेटको लक्ष्य : महासचिव पौडेल

सत्तारुढ नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकार कोरोना नियन्त्रण गर्दै आर्थिक क्रियाकलाप तथा उत्पादनमा केन्द्रित हुने बताएका छन् । उनले बजेटले यही सिद्धान्तलाई प्राथमिकता दिएको दावी गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमाथि छलफलमा भाग लिदै महासचिव पौडेलले कोभिड १९ महामारी नियन्त्रण मुख्य अभिभारा भए पनि महामारी सकिएको भोलिपल्ट केही पनि गर्न नसक्ने अवस्थामा देश पुग्न हुने बताए । त्यसैले अबको कार्यभार महामारीमा केन्द्रित हुँदै आर्थिक गतिविधि र उत्पादनलाई निरन्तरता दिनु रहेको बताए ।

 पूर्व अर्थमन्त्री पौडेलले भने ‘मान्छे बरु कोरोनाले मर्न तयार छ तर भोकै मर्न कोही तयार हुन्न । कोरोनाले उत्पन्न समस्यालाई बजेटले प्राथमिकता दिएको छ । आर्थिक गतिविधि र उत्पादन बृद्धिमा निरन्तरा दिएनौं भने कोरोना सकिएको भोलिपल्ट केही गर्न नसक्ने अवस्थामा पुग्छौं । बजेट त्यसमा केन्द्रित छ ।’

कोरोनालाई परास्त गर्दै आर्थिक गतिविधि अघि बढाउने लक्ष्य बजेटले निर्धारण गरेको भन्दै पौडेलले लकडाउनका कारण धाराशायी भएका उद्योगधन्दा तथा व्यवसायहरुलाई ५ प्रतिशत सहुलियत कर्जा तथा १ खर्बको पुनर्कर्जाले राहत दिएको बताए । उनले १२ लाख प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य महत्वपूर्ण भएको बताए । बजेट यथार्थको जगमा उभिएर आएको भन्दै महासचिव पौडेलले बजेटको मुख्य स्रोत आन्तरिक राजश्व नै रहेको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.