नारायणी अस्पतालबाट भागे दुईजना कोरोना संक्रमित

नारायणी अस्पतालबाट भागे दुईजना कोरोना संक्रमित

विपी कोइराला, ३१ वैशाख। नारायणी अस्पताल भर्ना भएका दुईजना कोभिड संक्रमित बुधबार दिउँसो फरार भएका छन् । शौचालय गएका दुवैजना फरार भएका  हुन् । दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ । सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डको शौचालयबाट दुवै संक्रमित फरार भएका हुन् । मंगलबार पर्सामा ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *