नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो, पर्साका १७ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो, पर्साका १७ जना थपिए

विपी कोइराला, २४ बैशाख। नेपालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्।

थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। थपिएका संक्रमितहरु दुईमहिने शिशुदेखि ६६ वर्षसम्मका रहेका छन् । अहिलेसम्म ७१ पुरुष र २८ महिला संक्रमित भएका छन् । संक्रमितमध्ये २२ जना उपचारपछि निको भएर फर्केपनि फर्केका तीनजना पुनः परीक्षणमा पोजिटिभ देखिएपछि अस्पतालमा भर्ना भएका छन् । यसबारे अध्ययन–अनुसन्धान भइरहेको डा. देवकोटाले बताए ।

त्यसैगरी, अहिलेसम्म ‘पीसीआर’ विधिबाट १४ हजार ९६ र ‘आरडीटी’ विधिबाट ५२ हजार ९७० ओटा परीक्षण भएको छ ।

विगत २४ घन्टामा भने ९९१ ओटामात्र परीक्षण भएको छ ।परीक्षण सामग्रीहरुको व्यवस्था कम भएकाले थोरैमात्र परीक्षण भएको र केही दिनमै तीव्ररुपमा परीक्षण हुने पनि डा. देवकोटाले बताए ।

देशभर १९ हजार ७३४ जना ‘क्वारेन्टाइन’मा रहेका छन् । सबैभन्दा बढी प्रदेश नम्बर–५ मा सात हजार ८८४ जना क्वारेन्टाइनमा रहेका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *