गृहमन्त्री निधिले मधेशी मोर्चाको कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने प्रक्रिया थाल्न निर्देशन

गृहमन्त्री निधिले मधेशी मोर्चाको कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने प्रक्रिया थाल्न निर्देशन

काठमाडौं – गृहमन्त्री विमलेन्द्र निधिले मधेशी मोर्चा सम्वद्ध कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।

अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए । गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले यस्तो निर्देशन दिए ।  नयाँ जिम्मेवारीमा पाएका नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई निवर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन पनि उनले निर्देशन दिए । सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न पनि उनले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए । सुनतस्करी, लागू औषध एवं सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाई गर्न पनि गृहमन्त्री निधिले नयाँ जिम्मेवारी संहालेको नेतृत्वलाई निर्देशन दिए । यसैबीच, गृहमन्त्री निधिले नागरिकता संशोधन सम्बन्धी विधेयक र बिपद् व्यवस्थापन सम्बन्धी विधेयक यथाशीघ्र पेश गर्न गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.