काठमाडौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्ट अझै जोखिममा ?

काठमाडौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्ट अझै जोखिममा ?

सदिक्षा नेपाल, काठमाडौ । सनसिटी अपार्टमेन्टको ए(ब्) ब्लक को एक परिवार मध्यका दुईजानालाई कोरोना पोजिटिभ देखिएको विषयमा विवाद छैन । ती दुई जाना व्यक्तिहरु हाल पाटन अस्पतालबाट डिस्चार्ज भई अपार्टमेन्ट फर्किसकेका छन् । यसरी ती व्यक्तिहरुमा कोरोना टेस्ट पोजिटिभ देखिएपछि याहा अन्य व्यक्तिहरुमा समेर्त यापिड डाईग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरियो।यसरी परिक्षण गर्दा केवल “ए” ब्लक र यहाँ अमार्टमेन्टमा काम गर्ने स्टाफ र अरु ब्लकमा रहेका कमजोर र जेष्ठ नागरीकको मात्र परिक्षण गराईयो । यसरी गरीएको टेस्टमा सबै सतप्रतिशत को रिजल्ट अर्थार्त यापिड डाईग्नोस्टिक टेस्ट (आरडीटी) नेगेटीभ आयो ।94858239_919734148478618_7326042960804446208_n

बाँकी अन्य ब्लकका हकमा भने यो टेस्ट गराईएको छैन।यस्तो अवस्थामा अन्य ब्लका व्यक्तिहरुमा समेत कोरोनाको संक्रमण छैन भन्ने अनुमान गर्नु पर्ने हुन्छ।अनुमानकै आधारमा थप सबै ब्लकमा व्यक्तिहरु १४ दिन बढी क्वारान्टाईनमा बसी सकेको अवस्था छ।अब यसपछी के ? भन्ने प्रश्नको कुनै जवाफ छैन।सनसिटी वेल्फेर कमिटीका अध्यक्ष यो विषयमा मौन छन् भने सरकारले समेत अन्य व्यक्तिको हकमा टेस्ट गर्ने नगर्ने बारे केही बोलेको अवस्था छैन ।
यो विषय सुन्दा समान्य होला तर यसको जड सम्म जाने हो भने यसले निकै ठूलो नकारात्मक विषय निम्तयाउदै छ । के बाँकी व्यक्तिहरुमा कोरोना संक्रमाण नहोला त ? नभए त त्यो भन्दा राम्रो खबर सायदै केही होला तर यदी याहाँ मध्य कुनै एक व्यक्तिपनि कोरोनाले संक्रमीत भएको रहेछ भने यसले कवेल यो क्षेत्रलाई मात्र नभएर देशलाई नै ठूलो खतरा निमत्याउन सक्छ र यसो नहोला भन्ने सक्ने अवस्था समेत छैन । यो रोग एउटा व्यक्ति बाट अर्को व्यक्तिमा कति छिटो सर्न सक्छ भन्ने विषयमा त हामी सबै सचेत भई सकेका छौं । यसको एक मात्र उपाय भनेको यस अपार्टमेन्टमा रहेका सबै व्यक्तिहरुको टेस्ट गर्नु हो । यसो नभए पनि थोरैमा एक परिवारको कम्तिमा एक जाना व्यक्तिर्को यापिड डाईग्नोस्टिक टेस्ट (आरडीटी) भने गर्नै पर्ने हुन्छ ।
हाल याहाँका सबै परिवार मौन रही त्रासमा बाँची रहेका छन्।अब यो लक(डाउन पछि सनसिटीका बासिन्दाहरुको जिवन अन्य व्यक्ति जस्तो सामन्य हुन सक्ने अवस्था रहदैन।सनसिटीमा बस्ने भन्ने थाहा पाउने अन्य व्यक्तिहरुले याहाँका बासिन्दाहरुलाई सधै संखाको धेरामा राख्ने छन्।याहाँ व्यक्तिलाई पहिला पहिला दलित व्यक्तिलाई गरिने व्यवहार र अहिले सरुवा रोग लागेका बिरामी झै व्यवहार गरिने कुरा निश्चित छ।यदी सरकारले यस सनसिटी अपार्टमेन्टमा रहेका अन्य व्यक्तिहरुर्को यापिड डाईग्नोस्टिक टेस्ट (आरडीटी) नगराउने हो भने याहाँका व्यक्तिहरु नेपालको संविधान द्वारा सम्मानपूर्वक बाँच्न पाउने हक, समान्ताको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक, स्वास्थ सम्बन्धीहकहरु बाट निश्चय वञ्चित हुने छन् । तसर्थ सरकार र अन्य यस सम्बन्धी जुटेका सबै व्यक्तित्व र यस देशका अन्य सजग नागरीकालाई यस विषय प्रति गम्भिरता देखाई चाडो भन्दा चाडो बहुमुल्य कदम चालुहुन मेरो व्यक्तिगत र सम्पूर्ण सनसिटी बासिन्दाहरुको तर्फबाट अनुरोध छ । बिश्व नै कोरानाबाट हार खाइसकेको अबस्था देखिएको छ । हुन त बैज्ञानिकहरु भाइरसको बिरुद्ध भ्याक्सिन पत्ता लगाउन तर्फ लागि परेका छन् यो राम्रो पक्ष पनि हो तर नेपाल जस्तो समस्या परेको हाम्रो देशमा कोरोना पोजेटिभ देखिए पछि सबैको परिक्षण गर्न जरुरी छ । यसले सबैको कल्याण गर्दछ सरकारले बेलैमा चालेको लकडाउनको प्रतिफल पनि जनताले राहत महसुस गर्न पाउने छन् तर परिक्षणलाई ढिला गरियो भने समस्या थपिदै जानेछ । यस्ता थुप्रै उदाहरण अन्य तिर पनि हुन सक्छन् स्थानीय बासिन्दाहरु सक्रियता र सरकारको हातोमालोमा नै सबैको भलाई हुनेछ ।
लेखक –सदिक्षा नेपाल हाल सर्बोच्च अधालत काठमाडौमा कार्यरत हुनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.