कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो, डब्लुएचओप्रति आरोप माथी आरोप

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो, डब्लुएचओप्रति आरोप माथी आरोप

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् ।

प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

जोन हप्किन्स विश्व विद्यालयका अनुसार अमेरिका, इटाली र स्पेनमा संक्रमितहरुको संख्या अत्याधिक रहेको छ ।

हालसम्म कोरोनाका कारण विश्वभर दुई लाख ११ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । त्यसैगरी करिब नौ लाख २० हजार मानिस उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा ५६ हजार ६४९ जनाको मृत्यु भएको छ । इटाली र स्पेनमा क्रमशः २६ हजार नौ सय ७७ र २३ हजार ५ सय २१ जनाको मृत्यु भइसकेको छ ।

फ्रान्स, जर्मनी, बेलायत र टर्कीमा एक लाख भन्दा बढी संक्रमित रहेको बताइएको छ ।

यता नेशनल एसोसिएसन फर बिजनेस इकोनोमिक्स (एनइबीई) द्वारा सार्वजनिक सर्वेक्षण अनुसार कोरोनाका कारण अमेरिकाको अर्थतन्त्रमा वित्तीय संकट आउन सक्ने चेतावनी दिएको छ ।

यसैबीच कोराना भाइरस संक्रमणको रोकथाममा लापरवाही गरेको आरोप लागेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले संगठनको बचाउ गरेका छन् ।

महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले गत जनवरीमा डब्लुएचओले घोषणा गरेको स्वास्थ्य संकटकालको घोषणा गर्दा विश्वले त्यसको बेवास्ता गरेको बताए ।

उनले त्यसबेला चीनबाहेक ८२ जना मात्र कोरोनाका संक्रमित फेला परेको बेला डब्लुएचओको सल्लाहमा अघि नबढ्दा परिणाम भयावह भएको प्रतिक्रिया दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले कोरोना संक्रमणको सूचना लुकाएर चरम लापरवाही गरेको आरोप लगाएका छन् ।

राष्ट्रपति ट्रम्पको आरोपसँगै अमेरिकाले डब्लुएचओले पाउने अमेरिकी आर्थिक सहायता पनि रोकेको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.