उदयपुरको भुल्केमा मास्क वितरण गरेका व्यक्तिमा नै कोरोना भाइरस संक्रमण

उदयपुरको  भुल्केमा मास्क वितरण गरेका व्यक्तिमा नै कोरोना भाइरस संक्रमण

११ बैशाख, विपी कोइराला। त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा ४ सय मास्क वितरण गरेका व्यक्तिमा नै कोरोना भाइरस संक्रमण देखिएको छ ।

downloadभुल्केको नुरी मस्जिद आसपास मास्क वितरण गरेको  व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो । भुल्केमा टेलर्स संचालन गर्दै आएका ती व्यक्तिले सामुदायिक वनको अर्डरमा ८ सय मास्क तयार पारेका थिए । तयार पारेका मध्ये ४ सय मास्क बासिन्दालाई आफै वितरण व्गरेका थिए ।  जिल्लामा पहिलो पटक १२ भारतीयसहित १६ जना धर्म प्रचारक संक्रमित उदयपुर प्रवेश गरेको स्थान चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरको शिवाईमा बिहीबार स्वाब संकलन गरिएको छ । 93683498-1320450751487187-5062247470965194752-n

जोगवनी नाकाबाट नेपाल प्रवेश गरी मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिद हुँदै पहिलो पटक उदयपुर प्रवेश गरी बसेको शिवाईमा पनि संक्रमण हुनसक्ने आशंकाले स्वाब संकलन गर्न लागिएको हो । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा वैशाख ५ गते ११ भारतीयसहित १३ जनामा एकैचोटी संक्रमण देखिएसँगै चौदण्डीगढी नगरपालिकाले शिवाईबासीको पनि स्वास्थ्य परीक्षण गर्न माग गरेको थियो । नगरप्रमुख खगेन्द्र राईले सदरमुकाममा संक्रमित भेटिएपछि त्यसअघि बसेको शिवाईमा पनि संक्रमण हुनसक्ने आशंकाले तत्काल परीक्षण गर्न माग गरे पनि आवश्यक स्वास्थ्य सामग्री अभाव भएको भन्दै परीक्षण हुन सकेको थिएन । भुल्केमा ५ गते पहिलोपटक संक्रमण देखिएकोमा थप ५ दिन बुधबारसम्म संक्रमित संख्या बढ्दै गएर २८ जना पुगेको छ । यसले समग्र जिल्लाबासीसँगै शिवाईमा पनि त्रास बढेको छ । शिवाईबासीको त्रसित मनोविज्ञान कम गर्न तथा भाईरस सरे नसरेको यकिन गर्न परीक्षण गर्न लागिएको हो। शिवाईमा बसोबास गर्ने ५३ घरधुरी मुस्लिम समुदायका ३ सय ७६ जना र उनीहरुसँग भेटघाट गर्ने ‘ट्रेसिङ’का आधारमा अरु समुदायको पनि स्वास्थ्य परीक्षण हुदैछ । शिवाईमा स्वाब संकलन गर्न काठमाडौं र विराटनगर दुवै ठाँउबाट स्वास्थ्य टोली मगाइएको छ ।images भुल्केमा सुरुमा मस्जिद बस्ने १२ भारतीयसहित १६, त्यसपछि मस्जिद आउजाउ गर्ने ६९ को स्वाब परीक्षण भईसकेको छ । जसमध्ये मस्जिद बस्ने सबै र ६९ मध्ये ८ जनामा संक्रमण पुष्टि भएको छ ।  ७ गते संकलित स्वाबमध्ये ४ जनामा संक्रमण पुष्टि भएको छ ।  ८ गते पठाइएको स्वाबको परीक्षण रिपोर्ट आउन बाँकी छ । उदयपुरमा हालसम्म २८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १२ भारतीय, उनीहरसँगै आएका मोरङका ४ र उदयपुर भुल्केका १२ जना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.