लकडाउनमा मनोरञ्जन क्षेत्रका महिला श्रमिकलाई राहत सहयोग

लकडाउनमा मनोरञ्जन क्षेत्रका महिला श्रमिकलाई राहत सहयोग

अप्सरा कटवाल, इटहरी । महिला सहयोगी समुह इटहरीले झुम्का, खनार र इटहरीका बिभिन्न बस्तिमा बसोबास गर्ने श्रमिक महिला गरिबी परिबारलाई राहत समाग्री सहित मास्क, साबुन, स्यानीटाईजर समेत बितरण गरेको छ । 92141104_235495037790813_5763006672758898688_o
झुम्का स्थित नहर छेउ तथा बसपार्कमा रहेका १० परिबार तथा इटहरी बसपार्क र लैपुर क्षेत्रमा रहेका अति बिपन्न महिला श्रमिक ज्यालादार गरिखाने ५ परिबार साथै खनार क्षेत्रमा बसोबास गर्ने महिला श्रमिक ५ परिबारलाई राहत स्वरुप प्रति परिबार १० केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ केजी नुन, एक प्याकेट मसला, हात धुने साबुन, सेनिटाईजर र १० मास्क बितरण गरेका संस्था समुहकी अध्यक्ष ज्ञानु खड्का (कमला)ले बताउनु भयो । लकडाउनले दैनिक काम गरी खाने महिला परिबारलाई हातमुख जोडने समस्या आउन थाले पछि समुहको तर्फबाट आफनै खर्च जुटाएर समुहमा आबद्ध रहेका श्रमिक महिला सदस्यहरुलाई तत्काल राहत स्वरुप सहयोग गरिएको अध्यक्ष खडकाले बताउनु भयो । महिलाहरुको हकहितका लागि काम गर्दै आएको गैरसरकारी संस्था यौन तथा प्रजजन स्वास्थ्य सम्बन्धी अधिकारका बारेमा जनचेतना तर्फ समेत काम गर्दै आएको परियोजना कार्यकारी प्रमुख बिलम मल्ल ठकुरीले जानकारी दिनु भयो । लकडाउनका बेला बिभिन्न मनोरञ्जन क्षेत्रमा कार्यरत रहेका श्रमिक महिलाहरुलाई सहयोग गरेको हुनाले बिभिन्न क्षेत्रबाट समेत महिलालाई सहयोग गर्नु पर्ने कार्यकारी प्रमुख ठकुरीले बताउनु भयो । प्रदेश १ को कोभिड १९ ले संक्रमण भए सगै बिभिन्न स्थानमा सहयोगी हातहरु अघि बढ्नु पर्ने महिलाहरुले धारणा राखेका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *